अभिनेत्री तानियाको ह’त्या



एजेन्सी। मेक्सिन अभिनेत्री तथा गायिका तानिया मेनडोजाको ह’त्या भएको छ । मोरिलोस राज्यको क्युअरनाभा सहरमा रहेको एक फूटबल एकेडेमीमा आफ्नो ११ वर्षे छोरालाई पर्खिरहेको बेला मोटर बाइकमा आएका दुई बन्दुक धारीले गोली चलाउँदा उनको मृत्यु भएको हो । त्यहाँ उनीसँग अन्य अभिभावक पनि थिए ।

प्रत्यक्षदर्शीका अनुसार दुई बन्दुकधारीमध्ये एकले अर्कोलाई भगाउनु अघि गायिकामाथि निरन्तर गोली बर्साएका थिए । मेक्सिकोमा दैनिक रूपमा १० जना महिलाको ह’त्या हुने त्यहाँको आधिकारिक तथ्याङ्कले देखाएको छ ।

मेनडोजा सन् २००५ मा रिलिज भएको फिल्म ‘ला मेरा रेना डेल सुर’को प्रदर्शन पछि चर्चामा आएकी थिइन् । पाँच वटा साङ्गीतिक एल्बम सार्वजनिक गरेकी उनले दर्जनौँ ओपेरामा प्रस्तुति दिइसकेकी छन् ।

सन् २०१० मा अज्ञात समूहले उनी र उनका पतिसहित ६ महिने छोरालाई अ’पहरण गरेका थिए । त्यसपछि उनले मोरिलोस स्टेट अटर्नी जनरल कार्यालयमा आफूलाई ज्यानको ध’म्की आइरहेको भन्दै निरन्तर अपिल गरिरहेकी थिइन् । उनको ह’त्यामा कसको संलग्नता थियो भन्ने अझै खुल्न सकेको छैन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्