दुई खोलीको तिर जस्तै भयो यो जिन्दगी उक्लन नसक्ने भिर जस्तै भयो यो जिन्दगी खोइ के भो, भो? पिडा भित्र ,भित्रै दबिएको असङ्ख्य घाउको पिर जस्तै भयो यो जिन्दगी
सजाइएका सपनाहरू अन्धकारमा रुमलिए झैँ पत्थरझैँ मौन बस्ने धीर जस्तै भयो यो जिन्दगी ताना बुना कस्नु थिए झन् तुन्नु थिए कति कति अरुलेखाँदाअघाएको खिर जस्तै भयो यो जिन्दगी
मझधारमा अल्झिएको डुङ्गाझैँ न वारि न पारि सर्वस्व लुटिएको शिर जस्तै भयो यो जिन्दगी यस्तै अनेक भोगाइका पराकाष्टहरु मुर्झाउँने मुटु ,कलेजो उनेको झिर जस्तै भयो यो जिन्दगी
तारा पौडेल : अविरल सूर्योदय नगरपालिका ३ इलाम ।