दैलेख दुर्घटना १० जनाको सनाको सनाखत ।



असार १,

images-cms-image-000024486

कर्णालि राजमार्गमा हिजो भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुगेको छ । कालिकोटको जिते बजारबाट महेन्द्रनगरका लागी छुटेको ना ४ ख २०९८ नम्बरको यात्रुबाहक बस दुर्घटना हुदा ११ जनाको ज्यान गएको हो भने १८ जना घाईते भएका छन । मृत्यु हुनेमा अछामको पञ्चदेवल विनायक नगरपालिका ९ का सिंह नेपाली, उहाँका १० बषिय छोरी रुपा नेपाली, जिल्लाको तुर्माखाद गाउँपालिकाका धिरेन्द्र विसी, कालीकोटको रास्कोट नगरपालीका ६ का युवराज शाही, जिल्लाको शान्नि त्रिबेणी नगरपालिका ५ का प्रकास शाहीको सनाखत भएको छ । यस्तै, राष्कोट ५ का धर्मराज शाही, सोहि ठाउका प्रकाश शाही, राष्कोट ५ का कविता शाही, कन्चनपुरका मंगल उखेडा, कालिकोटको राष्कोटका मेनका शाहीको सनाखत भएको छ । एक जना महिलाको सनाखत हुन बाकी रहेको प्रहरीले जानकारी दिएको छ । शबलाई पोष्टमार्टमका लागि जिल्ला स्वास्थ्य कार्यालय कालिकोट पठाइएको दैलेख प्रहरीले जानकारी दिदएको हो । चालक लाई जिल्ला प्रहरी कार्यालय दैलेखले नियन्त्रणमा लिएको छ । चालकका अनुसार गाडिको बे्रक फेल भएर दुर्घटना भएको हो । घाईते १८ जनाकोे सुर्खेत र नेपालगंजमा उपचार भईरहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्