काठमाडौँमा भयानक दुर्घटना: मिनि ट्रकले स्कुटीलाई हान्यो (७ तस्बिर हेर्नुस)



फागुन २०, काठमाडौँ । काठमाडौँको मिनभवनमा मिनिट्रकले स्कुटीलाई ठक्कर दिँदा दुईजना घाइते भएका छन् ।

आइतबार बेलुका करीव ९: ३० तिर बा २ ख ३००८ नम्बरको मिनी ट्रकले बा ५० प ८७२ नम्बरको स्कुटरलाई ठक्कर दिँदा सुदूरपश्चिम घर बताउने कृष्ण विष्ट र उनको श्रीमती घाइते भएका छन् ।

ठक्कर दिएसँगै घाइतेहरुलाई स्थानीयको सहयोगमा अस्पताल लागिएको छ । प्रहरीका अनुसार ठक्करबाट स्कुटीमा सवार दुवै जना घाइते भएका छन् ।
स्कुटीमा पछाडी बसेकी महिलाको टाउकोमा गहिरो चोट लागेको छ भने चालक कृष्ण बिष्ट सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिएसँगै जम्मा भएको भीडले मिनिट्रक तोडफोड गरेका छन् । स्थानीय प्रत्यक्ष दर्शीले बताए अनुसार मिनिट्रकमा ठक्कर खाएको स्कुटी झन्डै सय मिटरसम्म घिस्रिएको थियो । ठक्करपछी स्कुटी क्षेत-बिक्षेत भएको छ ।

तस्बिर: गोपाल चन्द

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्