प्रदेश ४

गुल्मीमा भिरबाट लडेर श्रीमान्-श्रीमतीको मृत्यु

By Thah Online

December 18, 2021

 गुल्मी : गुल्मीको मुसिकोट नगरपालिकामा भीरबाट लडेर दुई जनाको मृत्यु भएको छ । 

जिल्लाको मुसिकोट नगरपालिका–१ का २६ वर्षीय मनु सार्की र निजकी श्रीमती २५ वर्षीय ज्ञानु परियार बाङग्रेस्थित सिख्राको सामुदायिक वनको भीरबाट लडेर गम्भीर घाइते भएका थिए।

भीरबाट लडेर गम्भीर घाइते भएका वडा न १ सिम्लेका मनु सार्की र उनी श्रीमती ज्ञानु परियारको उपचारका क्रममा जिल्ला अस्पताल गुल्मीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ । 

उनीहरूको शव गुल्मी अस्पतालमा राखिएको र शनिवार पोष्टमार्टम गरी आफन्तको जिम्मा लगाइने प्रहरीले जनाएको छ। माइती जाने क्रममा लडेर उनीहरू घाइते भएका थिए ।