टप फिचर

कविता  : छाउपडी गोठ

By Thaha - Online

December 19, 2021

नारी गुफा बस्ने यही हो है छाउपडी गोठ  पानी सम्म पनि पिउन नपाइ सुक्ने ओठ।

मासिक धर्म  हुँदा नारीले बस्नु पर्ने गोठ  भन्छन् समानता अन्यायमा हुँदा बोल्ने को छ?

मान्छे पुगिसक्यो उडेर चन्द्रमामा पहिले  एक्काइसौँ शताब्दीमा अन्धविश्वास  अहिले।

छाउपडी गोठ छ नेपालको पश्चिम दिशा तिर एक  मानव  माथि  अन्याय  पर्दा  छैन पिर

खान नपाइ जाडोले कठ्याङ्ग्री मर्दै छन् कत्ति  पिर चिन्ता छैन यहाँ आज कसैलाई पनि रति।

संसारमा रजतसोला नहुने कोही  नारी होला! छुवाछूत अन्त्य गर्न दलहरूको मन छोला।

राष्ट्रपति सांसद मन्त्री सभामुख महिला  यिनको कुर्सीमा रगत  जाँच गर्नु पहिला।

महिला आयोग भन्ने  भाषण  गर्छ ठूल्ठूला  यसको अन्त्य नसेकेर पसेको नै हो त दुला।

खैत छाउपडी गोठमा बसेको राष्ट्रपति?   गरिब   दुःखीलाई लाग्ने कानुन भए जति।

छाउपडी गोठ सबै भत्काको भन्छन् त नारी मनको  छाउपडी  हटाऊ  पहिला   कठैबरी! 

धन्यवाद।।