विष्णुको शब्द, मेलिना र हरिको स्वरमा ‘दिलको हरन’ सार्वजनिक ( भिडियो )



काठमाडौं –  गीतकार विष्णु पोल्वाङ्छा चाम्लिङ राईको  शब्दमा रहेको प्रेमिल शैलीको गीत ‘दिलको हरन’ सार्वजनिक भएको छ।  यस गीतमा  गायक हरि लिम्बु र लोकप्रिय गायिका मेलिना राईले  आफ्नो सुमधुर स्वर दिएका छन्।

चर्चित सङ्गीतकार शङ्कर थापा ‘स्माइल’ले संगीतवद्द गरेको  यस गीतलाई उदयराज पौडेलले  सङ्गीत संयोजन गरेका हुन्। म्युजिक भिडियोमा नायक पल शाह र नायिका स्वस्तिमा खड्का बिचको अन्स्क्रिन प्रेम र रोमान्सलाई प्रस्तुत गरिएको छ।  नवराज उप्रेतीले छायाङ्कन गरेको भिडियोलाई  सुबोल थापाले कोरियोग्राफी गरेका हुन्।

दिन्सन शाहले सम्पादन गरेको भिडियोलाई गम्भीर बिस्टको निर्देशनमा तयार पारिएको हो।  ए प्लस नामक युट्युब च्यानाल मार्फत भिडियो सार्वजनिक गरिएको हो। अडियो भिडियो स्तरीय भएका कारण  दर्शक श्रोतालाई मन पर्ने कुरामा निर्माण टिम आशावादी रहेको छ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्