मुख्य समाचार

फेरि २ डिग्रीमा झर्‍यो काठमाडौंको तापक्रम

By Thah Online

December 19, 2021

काठमाडौं। काठमाडौं उपत्यकासहित देशभरको तापक्रम केही दिन यता निरन्तर ओरालो लागिरहेको छ। न्यूनतम तापक्रम घटेसँगै काठमाडौं उपत्यकासहित देशभर चिसो ह्वात्तै बढेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ६ बजे काठमाडौँको न्यूनतम तापक्रम २ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको छ।

मौसम सामान्यतया सफा देखिए पनि तापक्रम घटेका कारण बिहान र बेलूकी चिसो बढेको महाशाखाजले जनाएको छ।