बालिका बलात्कारीलाई कारबाही गरिदिन विप्लवलाई हारगुहार



समाजमा जव अन्याय र अत्याचार बढछ तव न्यायकोलागि मान्छेहरु अदालतको ढोका ढकढकाउन पुग्छन । लोकतन्त्रको नाममा जव देश छाडातन्त्रीर गयो ।
नेपाल त यस्तो देश जहाँ अदालत भएरपनि जनताले न्याय नपाएको देश । न्याय पाएपनि महंगो पर्न जाने । अनी त निःशुल्क र न्यायपुर्ण न्यायकोलागि वैकल्पिक उपाय खोज्न पर्छ ।
समाजमा हुने अन्याय र अत्याचारबाट मुक्त पाउन कुनैबेला माओवादी जनअदालतमा जाने गरिन्थ्यो तर माओवादी जनयुद्धले स्थापित गरेका जन अदालतहरुलाई पुरानै सत्तामा विलय गराइएपछि समाजमा फेरि अन्याय र अत्याचारका समस्या आउन थालेका छन ।
यी र यस्ता समस्याहरुको हल पुरानो सत्ताको अदालतबाट पाउन नसकेपछि जनताहरु अहिले वैकल्पीक न्यायीक शक्तिकोरुपमा स्थापना हुँदै गएको नेपाल कम्युनिष्ट पार्टीमा आफना समस्या र गुनासाहरु लिएरु जाने गरेका छन ।

सो पार्टीले जनयुद्धकालीन सत्ताहरु पुनस्थापना गरेर जनतालाई न्याय दिइरहेको बताएको छ ।
अन्याय पर्दा विप्लवको नामै लिएर सामाजिक संजालहरुबाट खुलमखल्ला न्यायको माग गरिन्छ ।
नेकपाले देशका नामुद भष्टाचारी र तस्करहरुलाई छानीछानी कारवाही गर्न थालेपछि जनतस्तरबाट यस्तो कारवाहीको माग गर्न थाएिकोहो । गत वर्ष वर्षाको समयमा कोशी नदीमा बाढी आँउदा भारतले व्यारेजको ढोका थुन्यो र नेपालको धेरै भुभाग र वस्तीहरु डुबानमा परे त्यसबेलापनि विदेशमा बस्ने नेपाली युवाहरुले विप्लवलाई कोशी व्यारेजमा बम हान्न आगह गरेका थिए ।

देशलाई समस्या पर्दा सरकार मुकदर्शक बनेपछि वैकल्पीक सत्ताकोरुपमा उदाएको शक्तिलाई हारगुहार गर्नुलाई अन्यथा लिन हुदैंन । यस्ता घटनाहरु थुपै छन समाजमा ।
लामो समयदेखि सामाजिक सेवाको क्षेत्र तथा मानव बेचविखन विरुद्ध काम गर्दै आएको रक्षा नेपालकी अध्यक्ष मेनुका थापाले नाबालिकालाई बलात्कार गर्ने अपराधिलाई हदैसम्मको कारबाहीको माग गर्दै नेकपाका महासचिव विप्लवलाई खुल्ला पत्र लेखेकी छन्।

उनले पत्रबाट अहिले देशमा हदैसम्मको अपराध बढेको र त्यस्ता अपराधिलाई राज्य, प्रहरी प्रसाशनले कुनै न कुनै बहानामा उम्काउदै आइरहेकोले यसको विकल्प नेकपा रहेको आशय सजिलै झल्किन्छ ।
रक्षा नेपालकी पुर्व अध्यक्ष मेनुकन थापाले विप्लवलाई सामाजिक संजाल मार्फत लेखेको खुल्ला पत्र अहिले सामाजिक संजालमा भाइरल बनेको छ ।

०७४ फागुन १६ गते बुधबार साँझ पर्साको निचुटामा ८ बर्षीया बालिका बलात्कृत भइन ।
बुधबार साँझ ६ बजेतिर घर नजिकै रहेको उखुबारीमा बालिकाको बलात्कार भएको हो ।
पटेर्वा सुगौली गाउँ कार्यपालिकाका सदस्य विपिन मुखियाले बालिकाको बलात्कार भएको जानकारी गराएका थिए ।
बालिकाको नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमामा उपचार भइरहेको छ ।
गाउँ नजिकै माछा पोखरीमा माछा मार्न आएका मलाहामध्ये कसैले बलात्कार गरेको हुनसक्ने आशंकामा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
इलाका प्रहरी कार्यालय पोखरीया र पटेर्वा सुगौलीले घटनाबारे अनुसन्धानका लागि ६ जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको प्रहरी स्रोतले जनाएको छ । यो घटनाको बारेमा नेपकालेपनि अनुसन्धान भइरहेको बताएकोछ । यो घटनामा पिडीत बालिकालाई न्याय दिइयोस र दोसीलाई हदैसम्मको कारबाही हवस ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्