कुकुर र बाँदरबीच ‘ग्याङ फाइट’, ८० छाउराको मृत्यु



एजेन्सी।   कुकुर र बाँदर बिच केही समयदेखि ग्याङ वार हुन थालेपछि स्थानीय त्रसित बनेका छन् । महाराष्ट्रको बीडमा बाँदर र कुकुर बिच ग्याङ वार चलिरहेको छ । यो ग्याङ वारमा अहिलेसम्म करिब ८० वटा कुकुरका छाउराको मृत्यु भइसकेको छ । 

कुकुर र बाँदर बिचको ग्याङ फाईटका कारण स्थानीयवासी त्रसित बनेका छन् । यो झगडामा अहिलेसम्म करिब ८० वटा कुकुरका छाउराको मृत्यु भइसकेको जनाइएको छ ।

गाउँलेहरूका अनुसार पहिले कुकुरले बाँदरको बच्चा मारिदिएका कारण यिनीहरूबिच लडाइँ सुरु भएको हो ।

कुकुर र बाँदर बिचको झगडाले पुरै गाउँ त्रासमा भएपछि गाउँलेहरूले यसको सूचना वन विभागलाई दिएका छन् । बाँदरले सडकमा हिँडिरहेका मानिसलाई पनि आक्रमण गर्ने भएकाले यो गाउँका मानिसहरू बाँदर आतङ्कबाट हैरान भएका हुन् ।

वन विभागले केही बाँदरहरूलाई समातेको भए पनि गाउँलेहरूले यसको पूर्ण समाधान निकाल्नु जरुरी भएको बताएका छन् । 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्