कांग्रेस संसदीयदलको नेताका लागि आज चुनाव हुँदै



सैघाली खबर
काठमाडौं,२१ फागुन

नेपाली कांग्रेस संसदीयदलको नेताका लागि आज चुनाव हुँदैछ । दलको नेताकालागि पार्टी सभापति शेरबहादुर देउवा र नेता प्रकाशमान सिंह बीच प्रतिस्पर्धा हुने भएको छ । हिजो साँझ सभापति देउवा र नेता सिंहले संसदीयदलको नेताका लागि उम्मेदवारी दर्ता गराउनु भएको हो । कांग्रेस संसदीयदलको निर्वाचन समितिका संयोजक चीनकाजी श्रेष्ठका अनुसार बिहान सवा ८ बजेसम्मका लागि उम्मेदवारी फिर्ताको समय दिइएको छ।

सवा ८ बजेपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने उनको भनाइ छ। संसदीयदलको नेताका लागि सोमबार बिहान १० बजेदेखि १ बजेसम्मकांग्रेस संसदीयदलको कार्यालय सिंहदरबारमा मतदान हुनेछ । संसदीयदलमा देउवा र पौडेल पक्षको प्रत्यक्षतर्फ बराबर संसद संख्या रहेपनि समानुपतिकतर्फबाट संसदीयदलमा देउवा पक्षहाबी छ । प्रतिनिधि सभाको २७५ सिटमध्ये कांग्रेसले प्रत्यक्षमा २३ र समानुपातिकमा ४० सहित ६३ स्थानजितेको छ । जित्नकालागि ३२ सिट आबश्यक पर्ने देखिन्छ । देउवाको बहुमत रहेको नेताहरुले बताएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्