पाकिस्तानका प्रधानमन्त्री अब्बासी दुई दिने भ्रमणका लागि नेपाल किन आए ?



सैघाली खबर
काठमाडौं,२१ फागुन

पाकिस्तानका प्रधानमन्त्री साहिद खाकान अब्बासी दुई दिने नेपाल भ्रमणका सिलसिलामा आज काठमाडौं आइपुग्दै हुनुहुन्छ । अवरुद्ध दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सम्मेलन र सम्मेलनको नयाँमिति तय गर्ने कूटनीतिक प्रयासका लागि उहाँ नेपाल आउनुहुने भएको हो ।

नेपाल सार्कको वर्तमानअध्यक्ष राष्ट्र भएकाले अब्बासीले नेपाली समकक्षी केपीशर्मा ओली, राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने कार्यतालिका तय भएको छ । प्रधानमन्त्रीओलीसँगअब्बासीले आज साँझ भेटवार्ता गर्ने नेपालका लागि पाकिस्तानी दूतावासले जनाएको छ । उहाँले भोलिबिहान राष्ट्रपति भण्डारीसँग भेटवार्ता गर्ने कार्यतालिका तय गरिएको छ।

आजअपराह्न काठमाडौं आइपुग्ने अब्बासीको सम्मानमा नेपाली सेनाले टुँडिखेलमा सम्मान गारथ ‘गार्ड अफ अनर’ प्रदानगर्ने भएको छ । साँझ प्रधानमन्त्री ओली सँगको भेटवार्तापछि उहाँ ओलीले आयोजनागर्ने रात्रिभोजमा सहभागीहुने बताइएको छ। प्रधानमन्त्रीओलीले आफ्नो पहिलो उच्चस्तरीय पाहुनाका रूपमाआज सोमबार पाकिस्तानका प्रधानमन्त्री शहिद खकान अब्बासीलाई स्वागत गर्दै हुनुहुन्छ ।

पाकिस्तानी प्रधान मन्त्रीलाई त्रभुवनविमान स्थलमै ‘गार्ड अफ अनर’ दिने पुरानो प्रचलनतोडेर आज सैनिकमञ्च टुँडीखेलमा दिइनेछ । प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले प्रधानमन्त्री ओलीलाई बधाई दिनै पाकिस्तानी समकक्षी अब्बासी काठमाडौं आउनलागेको जानकारी दिनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्