बानेश्‍वरको इन्द्रेणी कम्प्लेक्समा भीषण आगलागी




काठमाडौं । नयाँ बानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्समा भीषण आगलागी भएको छ ।

बानेश्वरका प्रहरी वृत्तका अनुसार कम्प्लेक्समा रहेको जीम सेन्टरमा आगलागी भएको हो ।  आइतबार दिउँसो साढे ३ बजेपछाडि बुद्धनगर चोकको उकालोमा रहेको कम्प्लेक्स भवनको माथिल्लो तलामा एक्कासी आगो लागेको प्रहरीले जनाएको छ । आगो कसरी लाग्यो भन्ने खुलेको छैन ।

आगो निभाउन दमकल परिचालन गरिएको छ । आगो नियन्त्रणमा लिइसकेपछि विस्तृत अनुसन्धान हुने प्रहरीको  भनाइ छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्