‘दलितका अधिकार स्थापित गर्न एकता आबश्यक’



सैघाली खबर

तुलसीपुर, २१ फागुन ।

नेपाल कम्युनिष्ट पार्टी दलित विभागकी संयोजक सन्तोषी विश्वकर्माले अफैपनि नेपालमा दलितहरुले उत्पीडन र उपेक्षा भोगी रहेको बताएकी छन् । नेपाल कम्युनिष्ट पार्टी दलित विभागले तुलसीपुरमा आयोजना गरेको परिवर्तित सन्दर्भमा दलित समुदाय मुक्तिको प्रश्न विषयक अन्तरक्रिया कार्यक्रममा विश्वकर्माले दलितहरु देशको वैचारिक, राजनैतिक, आर्थिक सांस्कृतिक सामुदायीक सवै क्षेत्रबाट शोषित, उत्पीडित र दमित भएको बताइन् ् श्रमिक वर्गको मुक्ति भन्दा अलग मुक्तिको हल्ला केवल संसदीय राजनीतिक भ्रम मात्र भएको भन्दै दलित समुदायको मुक्तिवारे स्पष्ट दृष्टिकोण दलाल पूँजीवादी राज्यसत्ताको अन्त्य र वैज्ञानिक समाजबादको स्थापना भएको बताइन् । कार्यक्रममा बोल्दै दलित अगुवा निर्मल वादीले दलितका अधिकारहरु स्थापीत गर्न पार्टी भन्दा माथि उडेर लाग्नुपर्ने बताए । उनले दलितहरुको दृष्टिकोण परिवतनका लागि सवै दलितहरुका जनवर्गीय संगठनको साझा मोर्चा बनाउनुपर्ने बताए । ‘एकलै लडेर अधिकार प्राप्ती हुदैन् त्यसैले संगठित हुन जरुरीछ उनले भने । त्यसैगरी कार्यक्रममा सहभागी दलित अगुवा मिना वादीले दलितका अधिकार स्थापीत र छुवाछुत अत्य गरि विभेद रहीत समाज स्थापनाका लागि दलितहरु विचको विभेद अत्य हुन जरुरी रहेको बताइन् । उनले गैरदलितहरुले दलितहरुलाई विभेद नगरेपनि दलित दलितहरु विच विभेद हुने गरेको बताइन् । ‘ दलित विभागकी संयोजक सन्तोषी विश्वकर्माको अध्यक्षता नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य शितलको प्रमुख आतिथ्य एव जिल्ला सचिव विक्रमको विशिष्ट आतिथ्यमा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि शितलले दलित समुदायको मुक्तिको प्रश्न अफैपनि जिउको तिउ रहेको बताए । उनले आफनो पार्टीलेमात्र सम्पूर्ण शोषित, उत्पीडित र दलितहरुको हक अधिकारका लागि लडने भन्दै वैज्ञानिक समाजबादको स्थापनाको लडाई आफुहरुको भएको बताए । कार्यक्रममा दलित मुक्ति मोर्चा दाङका अध्यक्ष सुरज परियारले दलित मुक्तिका लागि वैज्ञानिक समाजवादमा आधारित क्रान्ती धारको विकाश गरी अघि बढन आवश्यक रहेको बताए । कार्यक्रममा सहभागीहरुले अव जातिय विभेद दलित र गैरदलित सवै मिलेर अत्यगर्नु पर्ने बताएका थिए । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी दाङका सचिव विक्रम, तुलसीपुर खानेपानीका अध्यक्ष खेमराज वली, जनअधिकार नेपाल दाङमा अध्यक्ष मेघराज घिमीरे, तुलसीपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष मिनराज भण्डारी, दलित अधिकार कर्मी निर्मल नेपाली, मिना वादी, सरज परियारलगायतले बोलेका थिए । दलित विभागका सदस्य मुधसुदन विकको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको सहजीकरण सदस्य सेवक विकले गरेका थिए ।

 

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्