अब त ‘फासी दे सरकार पीडितले कति अन्याय’ सहनु



कैलाली । कैलालीमा दिनानुदिन दिन ह’त्या भएको घटना सुनिन्छ र देखिन्छ पीडितका गहभरि आशु हुन्छन् नारा लगाउँदै कोही स्थानीय सरकार घचघच्याउछन त कोही अदालतको ढोका ढकढक्याउँछन् एउटाको आँखाको आशु पुछ्न न पाउँदै फेरि कैलालीको जानकी गाउँपालिकाका एक युवकको घाटी रेटी ह’त्या गरियो।

फेरि एक नारीको आशु खस्यो सिउँदो पुछियो आमा बुवाको साहारा लुटियो अर्जुन दासको बीभत्स ह’त्याले यो क्षेत्र असुरक्षित मात्र होइन अ’पराधाहरूको क्रिडास्थल बन्न थालेको छ, च’क्कु हानेर मान्छे मार्नु कैलालीको लम्की टिकापुर चिसापानी र जानकी गाउँपालिका जस्ता क्षेत्रमा सामान्य जस्तै बनेको छ।

भूपेन्द्र बडूवालका परिवारका आशु न पछुदै जानकी गाउँपालिकाका नौ का अर्जुन दासका परिवारमा बज्रपात पर्‍यो अर्जुन एक सामान्य परिवारका मानिस हुन कामको सिलसिलामा बाहिर गएका अर्जुन घर न फर्किए पछि खोजतलास सुरु गरिएको थियो ।

स्थानीयहरूले ह’त्याराहरूलाई कडा कारबाही र सुरक्षा व्यवस्था कडा बनाइनु पर्ने माग गर्दै आइरहेका छन् प्रहरी संग प्रमाण हुँदाहुँदै पनि ह’त्यारालाई प’क्राउ न गरेको भन्दै आफन्त आक्रोशित बन्दै गइरहेको छन्।

‘अर्जुन दासको हत्यारालाई फा सी दे’ मानवले बाच्न पाउनु पर्छ भन्दै विभिन्न नारा लगाइरहेका थिए एउटा नारीको सिन्दूर पुछियो आमाको काख रित्तियो र सरकार भने रमिते बन्दै गइरहेको छ न त अहिले सम्म कोही ह’त्यारालाई कार्वाहि नै गर्न सकेको छ।

अमरावतीका अर्जुन दास भारतमा रोजगारीका लागि आवत जावत गर्दथे सामान्य परिवारका उनलाई किन यसरी ह’त्या गरियो त सबैको मनमा प्रश्न उब्जिएको छ, ह’त्यापछि एक अडियो बाहिराएको छ अडियो बाहिरिँदा समेत हत्यारा फेला न परेको भन्दै स्थानीय आ’क्रोशित बन्दै गइरहेका छन्।

हिजो भूपेन्द्र बडूवालकाको हत्या भयो आज अर्जुन दासको भोलि हाम्रो पनि भन्न सकिन्न कैलालीमा हत्याका मुख्य एजेण्डा तयार गरिने ठाउँ भनेर समेत भन्न बेर छैन यो त अति नै भयो सरकार “पीडितको आँखाको आँसुको मूल्याङ्कन गर पिडकलाई फासिको सजाय दे” आज सत्ताको पावरमा बसेका नेता ज्यु जनताको लागि नि केही गर? आजको परिवेशमा अपराधीले सजाय न पाए पस्चात जनताले सरकारलाई समेत विभिन्न उपनाम दिने छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्