रक्सी पिउँदा किन लठ्याउँछ ?कारण यस्तो



सैघाली खबर,

मदिरमा अल्कोहलको मात्र हुन्छ । यस्तो मात्रा मदिराको ब्रान्डअनुसार फरक फरक हुन्छ । यहि अल्कोहले नै मानिसलाई एक्साइटमेन्ट, उग्र आलस्य बनाउने ।
खासमा मदिरामा मिथाइल अल्कोहल हुन्छ । मदिरामा हुने भनेकै यति एउटा तत्व हो । आमाशयमा पुगेपछि यस्तो अल्कोहल तत्कालै रगतमा मिसिन पुग्छ र नसालाई असर गर्छ । यसैका माध्यमबाट दिमागसम्म पुग्छ । खासगरी दिमागको पछिल्लो पाटोमा यसको असर पुग्छ र मानिसलाई लठ्याउने गर्छ ।
मदिराले केहि हदसम्म तनाव कम गर्ने काम गर्छ । केहि समयअघि तनाव भएको मानिसलाई अल्कोहल खुवाउने प्रचलन पनि थियो । तर अहिले त विभिन्न औषधिको आविस्कार भइसकेको छ । त्यसैले अल्कोहलको सेवन गर्नु पर्दैन् ।
मदिरा सेवनपछि मानिस खुसी हुने, स्मरणशक्ति कमजोर हुने, उत्साहित हुने गर्छन । त्यस्तै यसको मात्रा मस्तिष्कमा पुगेपछि शरीरको ब्यालेनस नै बिग्रन थाल्छ । यसले निन्द्रा लाग्ने पनि हुन्छ । तर बढी प्रयोगले बिस्तारै कलेजो फुल्न थाल्छ र ड्यामेज नै हुन्छ ।
मदिराले मानसिक समस्या

मदिराले बिशेषगरी पेट र मस्तिष्कको समस्या निम्तयाउँछ । रक्सीले ग्यास्ट्रिकसँगै पेट दुख्ने, फुल्ने, पोल्ने, खान मन नलाग्ने, अमिलो पानी आउने, कालो दिसा आउने, बान्ता हुनेजस्ता समस्या देखिन्छ ।
मदिराले मतिस्कमा पनि उस्तै समस्या सिर्जना गर्छ । मदिराका कारण छारे रोग, बेहोस हुने, निन्द्रा नपर्ने,, डर लाग्ने, हात काप्ने, तलतल लाग्नेजस्ता समस्या हुन्छ । यसले स्मरणशक्ति कमजोर बनाउछ ।
त्यस्तै उच्च रक्तचाप, हात खुट्टा झमझमाउने, डिप्रेसन, एग्रेसन, नसासम्बन्धि समस्या उत्पन्न गर्छ ।
अत्याधिक मदिरा सेवनले अस्पताल नै भर्ना गर्नुपर्ने पनि हुन सक्छ । यस्तो लत तत्काल छुटाउन गाह्रो हुने भएकाले चक्कीका माध्यमबाट बिस्तारै छुटाउन सकिन्छ ।
मदिराले एन्जाइटी, पागलपनजस्ता मानसिक समस्या पनि निम्त्याउन सक्ने आजको नयाँ पत्रिकामा छ

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्