सैघाली खबर,
फागुन २१, दाङ । बारुद बलाष्ट गरि माछा मार्न खोज्दा पश्चिम दाङमा एकजना जनप्रतिनिधिले दुबै हातका पञ्जा गुमाएका छन् । बबई गाउँपालिका वडा नं। १ मलैखोला निवासी ३५ बर्षीय कमल घर्ती बारुद बलाष्ट गराएर माछा मार्न खोज्दा त्यो विष्फोट हुँदा उनले दुबै हातका पञ्जा गुमाएको प्रहरीले जानकारी दिएको छ ।
ईलाका प्रहरी कार्यालय हापुरेका प्रमुख प्रयाग नारायण चौधरीले विष्फोटवाट घर्तीमा गम्भीर घाउ लागेको तथा उनले दुबै हातका पञ्जा गुमाएको जानकारी दिए ।
प्रहरीका अनुसार आइतवार दिउँसो स्थानीय बबई नदीमा बलाष्ट गरि माछा मार्नका लागि बारुद बनाउँदै क्रममा बारुद विष्फोट हुँदा वडा नं। १ का वडा सदस्य घर्तीका हातका दुबै पञ्जा चुडिएका थिए । घर्ती नेकपा एमालेबाट निर्वाचित वडा सदस्य हुन ।
बारुद बलाष्ट हुँदा वडा सदस्य घर्ती गम्भीर घाइते भएको खबर आएपछि आफुहरु आइतवार बेलुका ६ बजे बबई नदीको भालुखोलास्थित घटनास्थल पुगेर घर्तीको उद्धार गरि राप्ती अञ्चल अस्पताल तुलसीपुर उपचारका लागि पठाएको ईप्रका हापुरेका सैइ चौधरीले बताए ।
घाइते वडा सदस्य घर्तीलाई राप्ती अञ्चल अस्पताल तुलसीपुर दाङको प्रारम्भिक उपचारपछि थप उपचारका लागि राति नै नेपालगञ्ज पठाइएको प्रहरीले जानकारी दिएको छ । वडा सदस्य घर्तीले माछा मार्न खोजेको बबई गाउँपालिका वडा नं। १ को क्षेत्र बाँके निकुञ्ज क्षेत्रमा पर्दछ । त्यहाँ माछा मार्न पाइदैन ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।