सैघाली खबर,
दाङ २१ फागुन।
पोखराबाट तुलसीपुर तर्फ आउदै गरेको ना ५ ख ३१०१ नम्वरको बसले ठक्कर दिदा लमही नगरपालिका वडा नम्वर १ सुनडवरीमा गयराति गाडीको ठक्करबाट एक जनाको ज्यान गएको छ । तनहुँ रिसिङ गाउँपालिका वडा नम्वर ६ का ६१ बर्षिय यामबहादुर थापाको उक्त बसको ठक्करबाट मृत्युभएको हो । पिसाव गर्न निस्कीएका थापालाई उक्त बसले ठक्कर दिएपछि गम्भीर घाईते हुनुभएको थियो । उहाको उपचारका क्रममा देउखुरी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । ठक्कर दिन बस र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिई आबश्यक अनुसन्धान शूरु गरेको छ । थापा छोरालाई भेट गर्न तुलसीपुर तर्फ आउदै हुनुहुन्थ्यो ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।