संसदीय दलको नेतामा देउवा निर्वाचित



सैघाली खबर,
फागुन २१, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा सभापति समेत रहेका शेरबहादुर देउवा निर्वाचित भएका छन्। सोमबार बिहान नेपाली कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा भएको निर्वाचनमा देउवाले प्रतिस्पर्धी प्रकाशमान सिंहलाई पराजित गरेका हुन्। संसदीय दलको नेताका लागि भएको चुनावमा देउवाले ४४ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी सिंहले १९ मत मात्र प्राप्त गरेको निर्वाचन समितिका संयोजक चीनकाजी श्रेष्ठले जानकारी दिए। नेपाली कांग्रेसको संसदीय दलमा ६३ सदस्य रहेका छन्। सिंह नेपाली कांग्रेसको पौडेल समूहबाट संसदीय दलको नेतामा उम्मेदवार बनेका थिए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्