न्यायाधीश खड्काको स्पष्टीकरण : मैले जन्ममिति सच्याएको छैन



काठमाडौँ । सर्वोच्च अदालतकी वरिष्ठ न्यायाधीश मिरा खड्काले आफ्नो जन्म मिति फरक फरक नरहेको स्पष्ट पारेकी छन्। न्यायाधीश खड्काको फरक फरक जन्म मिति रहेको भन्दै केही सञ्चारमाध्यमले समाचार प्रकाशन गरेपछि उनले विज्ञप्तिमार्फत त्यसको खण्डन गरेकी हुन्।

‘न्याय परिषद्ले प्रकाशित गरेको कुनै प्रकाशनमा त्रुटिवश कुनै न्यायाधीशको वैयक्तिक विवरण केही सामान्य फरक लेखिन गएको कुरालाई लिएर न्यायाधीशको वैयक्तिक चरित्रमा प्रश्न उठाइनु उचित होइन’, खड्काको विज्ञप्तिमा लेखिएको छ, ‘न्याय परिषद्द्वारा राखिएको शैक्षिक प्रमाणपत्रसमेतका अभिलेखमा मेरो जन्म मितिको पूर्ण र यथार्थ विवरण नै उल्लेख छ। मैले जन्म मिति सच्याउनु पर्ने कुनै कारण छैन र सच्याएको पनि छैन।’

एसएलसी लगायतका आफ्ना सम्पूर्ण शैक्षिक तहका प्रमाणपत्रहरूमा जन्म मिति वि.सं. २०१४ जेठ २ भन्ने नै उल्लेख भएको खड्काले बताएकी छन्।

खड्काले शुक्रवार विज्ञप्ति जारी गर्दै आफूले जागिर प्रवेश गरे देखिनै जन्म मिति २०१४ जेठ २ गते कायम गरेको तर न्याय परिषद्को बुलेटिनमा त्रुटिवश आफ्नो जन्म मिति २१३ माघ २८ उल्लेख भएको दाबी गरेकी छन् ।

शाखा अधिकृत पदमा न्याय सेवामा प्रवेश गरेपछि २०३९ साल भरेको निजामती कर्मचारीको नोकरी तथा वैयक्तिक विवरण फारममा पनि त्यही उल्लेख रहेको उनको भनाइ छ।

विज्ञप्ति- 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्