यी हुन् पुरुषमा देखिने ५ प्रमुख यौ’न समस्याहरू



यौ’न समस्या भनेको व्यक्तिहरूले आफ्नो सहकर्मीबाट यौ’न सन्तुष्टि प्राप्त गर्न नसक्ने अवस्था हो । अर्को शब्दमा भन्नुपर्दा, यौ’न सम्बन्ध स्थापित गर्ने क्रममा व्यक्तिलाई चरम सुख प्राप्त गर्नबाट रोक्ने कठिनाइ एवम् अवरोधहरू नै यौ’न समस्या हो ।

लैगिंक उत्तेजना नहुनु (इरेक्टाइल डिसफङसन) या अग्यार्जम(शीघ्र पतन वा लामो समयसम्म स्खलन नहुनु) लगायतका यौ’नजन्य समस्या व्यक्तिमा यौ’न प्रतिक्रिया चक्रको विभिन्न चरणमध्ये जुनसुकै समयमा पनि देखा पर्न सक्छन् । तसर्थ व्यक्तिमा देखिने यौन समस्या कहाँ अनि कुन अवस्थामा देखिएको हो? त्यसको प्रकृतिबारे पत्ता लगाई ती बिचको अन्तर जान्न अत्यन्त आवश्यक रहन्छ ।

यौ’नजन्य गतिविधि हार्माेन, मानसिक तथा नशासम्बन्धी कार्यप्रणालीहरुको समन्वयित कार्य हो । जस कारण स्वस्थ यौ’न स्वास्थ्यका लागि व्यक्तिका यी सबै पक्षहरू स्वास्थ्य रहन पनि उत्तिकै आवश्यक पर्दछ ।

यसबाहेक यौ’न सुख प्राप्ति सम्बन्ध स्थापितका लागि व्यक्तिको रक्तवारिका, रक्त स्नायु तथा लिङ्ग उत्तेजितका कारण लिंगले उचित आकार लिएको हुनु पर्दछ । त्यस्तै, अण्डकोष हुँदै मूत्र मार्गमा आउने शुक्राणु स्खलनका लागि पनि मांसपेशी तथा स्नायुबिच उचित समन्वयताको आवश्यकता पर्दछ ।

यस कारण पनि कुल सङ्ख्यामध्ये ३१ प्रतिशत पुरुष र ४३ प्रतिशत महिला सिकार हुने अनुमान गरिएको यस यौ’न समस्या एक प्रोफेसनल(विज्ञ) मद्दतकर्ता बिना नै हल गर्न मुस्किल पर्दछ । पुरुषमा देखिने अधिकांश यौन जटिलता भनेकै स्खलनमा विकार, उत्तेजना नहुनु, यौनप्रतिको चाहाना घट्दै जानु तथा पेयरोनी रोगको सिकार हुनु हो ।

यस्ता समस्या सामान्यतया जुनसुकै उमेर समूहलाई देख्ने भएता पनि तुलनात्मक रूपमा प्रायजसो: पाको उमेर समूहलाई यस रोगले सताउने गरेको पाइन्छ ।

पुरुषहरूमा देखा पर्ने मुख्य ५ समस्यालाई सुचीबद्ध गरी निम्न प्रकारले व्याख्या गरिएको छ ।

१. उत्तेजना नहुनु

यौन सम्बन्ध स्थापितको समयमा लिङ्ग उत्तेजित नहुने अवस्था नै ‘इरेक्टाइल डिसफङसन’ अर्थात् उत्तेजना नहुने अवस्था हो । यो पुरुषको यौन जीवनकालमा देखिने समस्यामध्ये एक हो ।

मुख्यतया: शारीरिक एवम् मानसिक पक्षसँग सम्बन्धित यस समस्याले ४० देखि ७० प्रतिशत उमेर समूहमध्ये झन्डै ५२ प्रतिशत व्यक्तिलाई सताउने गरेको अध्ययनले देखाएको छ ।

यसै गरी, यस समस्याका लागि मुटुसम्बन्धीका रोग, मधुमेह, उच्च रक्तचाप, उच्च कोलेस्टोरको स्तर तथा मोटोपन, कम टेस्टोस्टेरोनको मात्रा, तनाव, चिन्ता, डिप्रेसन, पार्टनरसंगको सम्बन्ध, लामो समयसम्म एउटै औषधिको प्रयोग, निन्द्राको गडबडी, दीर्घकालीन रपमा प्रयोग गरिएको नशालु औषधको सेवन, मद्यपान एवम् सुर्तिजन्य पदार्थको सेवन, पार्किन्सन्स रोग तथा मल्टिपल स्क्लेरोसिस आदि पक्षहरू पनि उत्तिकै जिम्मेवार रहेका हुन्छन् ।

यद्यपि धमनीमा रक्त प्रवाहलाई अवरोध पु¥याउने कार्डियो भास्कुलर असामान्यताले लिङ्गको भित्री भागलाई कडा, कठोर एवम् उत्तेजित बनाउँछ । र, यो अवस्था यौन जटिलता अन्तर्गत देखा पर्ने साझा समस्यामध्ये एक हो ।

२. शीघ्र पतन

यो अवस्थाले यौन सम्बन्ध स्थापितको सुरुवाती चरणमा नै व्यक्तिको स्खलन हुने अवस्थालाई जनाउँछ । जुन व्यक्तिको नियन्त्रण बाहिर हुन्छ । सेरोटोनिन(व्यक्तिको मुडलाई प्रभाव पार्ने रसायन) जस्ता प्राकृतिक रसायनले शीघ्र पतन समस्यामा प्रमुख भूमिका निर्वाह गरेको हुन्छ ।

यस्ता,ै केही औषधिहरूको सेवनले पनि व्यक्तिको स्खलन प्रक्रियासँगै स्पाइनल कर्ड तथा स्नायुलाई समेत आघात पु¥याउन सक्छ ।

पेनाइल( लिंगमा परेका प्रभाव) लाई पनि शीघ्र पत्तनको मुख्य कारण मानिन्छ ।

यद्यपि यी मात्र नभई स्खलनको केन्द्रीय नियन्त्रण अथवा वीर्यलाई उचित मार्गमा इनरभेसन(नशामा प्रवाह गर्ने प्रक्रिया) प्रवाह गर्ने नली, जनन्द्रिय अथवा पुरुष ग्रन्थीमा हुने स्नायु सम्बन्धिका संक्रमण पक्षहरु लाई पनि शीघ्र पत्तनका अर्को प्रमुख कारक तत्व मानिन्छ ।

यस समस्या व्यक्तिले आफ्नो स्खलन हुने समयमा आफ्नो लिंगलाई पार्टनरको यौनांगबाट बाहिर निकाल्ने प्राकृतिक ‘इस्कुइज’ उपायबाट नै समाधान गर्न सकिन्छ । यस उपायलाई यस्ता यौनजन्य समस्या समाधानका एक उच्च बायो–फिडब्याक समेत मानिन्छ । अर्थात्, शिघ्रपतनका कारण व्यक्तिले आफ्नो यौनसन्तुष्टि प्राप्त गर्न नसकेको अवस्थामा व्यक्तिले आफूलाई शीघ्र पत्तनको महसुस हुनासाथ यौन कार्यलाई रोक्दै आफ्नो स्खलन रोक्नुपर्ने हुन्छ ।

यही प्रक्रियालाई लगातार दो¥याउँदा व्यक्तिले लामो समयसम्म सम्भोग आनन्दको प्रत्याभुति गर्न सक्छन्, भने यसका लागि व्यक्तिले केही स्प्रेको प्रयोग पनि गर्न सक्छन् । जस्तो लिङ्गको संवेनशिलतालाई कम गर्दै स्खलनलाई नियन्त्रण गर्ने ‘लिडिओकेन’ को प्रयोग ।

३. ढिलो/प्रतिकुल अथवा स्खलन नै नहुनु

स्खलनन नहुनु अथवा पेनिट्रेसनको बाबजुद पनि स्खलनका लागि लामो समय लाग्ने समस्यालाई विलम्बित अर्थात् ढिलो स्खलन हुनु भनिन्छ ।

सामान्यतया: यस्ता समस्या लामो समयसम्म विभिन्न औषधि सेवन गरिराखेका व्यक्तिलाई औषधिको साइड इफेक्ट(दुष्प्रभाव) स्वरूप देखा पर्छ ।

यी समस्या धेरैजसो केशहरुमा तनाव कम गरेर तथा स्खलन हुने समयमा नियन्त्रण गरेर पनि समाधान गर्न सकिन्छ ।

जबसम्म व्यक्तिलाई आफु स्खलन हुन लागेको महसुस हुदैँन तबसम्म लिंगलाई प्रवेश गराई रहने सेंसेट फोकस व्यायाम पनि यसका लागि उपयुक्त रहन सक्छ ।

यसको ठिक विपरित वीर्य लिंगबाट बाहिर निस्कनु अगावै मुत्राशयमा नै धकेलिन्छ भने त्यस्तो अवस्थालाई ‘रेट्रोग्रेड एजाकुलेशन’ अर्थात् ‘विलम्बित स्खलनन’ भनिन्छ ।

यस समस्या प्रायजसो प्रोस्टेट सर्जरी अथवा मधुमेहका कारण स्नायुमा क्षति पुगेका व्यक्तिहरूमा देखिन्छ ।

वीर्य लिंगबाहिर नआई पुनःमुत्रमार्गमा नै फर्केर जाने र परिणाम स्वरूप पिसाबमा नै वीर्य देखिने यस अवस्थालाई कहिलेकाहीँ ड्राई(सुख्खा) अग्र्याज्म पनि भनिन्छ ।

केही औषधि तथा शल्यक्रियाको माध्यमबाट मुत्राशयको ब्लाडरमा रहेको भल्भलाई बन्द गरिएको खण्डमा यस समस्याको निदान गर्न सकिन्छ, भने यसको विकल्पको रूपमा व्यक्तिले कृत्रिम गर्भधारणका लागि ब्लाडरबाट नै समेत शुक्राणु प्राप्त गर्न सक्छन् ।

४. कम कामोच्छा वा यौन चाहाना नहुनु

चिकित्सा क्षेत्र अन्र्तगत ‘लो लिबिडो’ भनिने समस्या व्यक्तिमा टेस्टोस्टेरोन नामक हार्माेनको मात्रा कमी भएर हुने गर्छ । जसले व्यक्तिको यौनाच्छालाई स्वतः कम गराउँछ ।

टेस्टोस्टेरोनले यौन ऊर्जा, वीर्य उत्पादन, मांसपेशी कपाल तथा हाडको स्वरूप लगायत व्यक्तिको मानसिक प्रक्रियामा समेत प्रभाव पार्ने भएकाले यसले सहजै व्यक्तिको यौन जीवनमा समेत उत्तिकै महत्त्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ ।

तसर्थ शरीरमा यस हार्माेनको कमी भएमा पुरुषमा यौनेच्छाको कमी हुन गई त्यसले यौन जीवनमा समेत नकरात्मक असर पार्छ । यस्तै, कतिपय समयमा यौन उत्तेजना नहुने समस्याका कारण पनि व्यक्तिमा सम्भोगप्रतिको इच्छा हराएर जान्छ ।

यसै गरी डिप्रेशन, तनाव, तथा भावनात्मक सम्बन्धको उतारचढाव पनि यौनेच्छा कम गराउने मुख्य स्रोत हुन् भने, दीर्घकालीन औषधि सेवनलाई पनि यसको अर्को कारक तत्त्वको रूपमा लिइन्छ ।

टेस्टोस्टेरोनको मात्रा कमी भई व्यक्तिलाई यौन समस्या उत्पन्न भएको महसुस भएमा व्यक्तिले चिकित्सकको सल्लाहमा हार्मोनल सप्लिमेन्ट्स(पूरक)को सेवन गर्न सक्छन् । यस्तै, मानसिक आघातका कारण सो समस्या देखा परेका व्यक्तिले भने मनोवैज्ञानिक परामर्शदाता वा विज्ञबाट आवश्यक सहयोग लिन सक्छन् ।

५. पेरोनिज रोग

संयोजित टिस्युले लिंगलाई घुमाउरो(बाउडिने) बनाउने यस समस्यालाई एक किसिमको दुर्लभ अवस्था मानिन्छ । जस कारण व्यक्तिलाई सम्भोग एवम् उत्तेजनाको दौरानमा पिडा हुने गर्छ ।

यस समस्यामा सामान्यतया: टिस्युका धर्साहरु एकै ठाउँमा जम्मा हुन्छन्, जसले लिङ्गका संयोजित टिस्युलाई सामान्य रूपमा सिधा हुन दिँदैन । साधारणता यो समस्यामा लिङ्गको माथिल्लो भाग निहुरिएको अथवा तल झुकेको हुन्छ ।

प्रत्येक ११ जना पुरुषमध्ये १ जनालाई यस पेरोनिज रोगले सताउने गरेको पाइएता पनि धेरै व्यक्तिहरूमा यससम्बन्धी उचित ज्ञानको अभाव भएको देखिन्छ ।

यसै गरी, कहिलेकाहीँ व्यक्तिको लिङ्गको माथिल्लो वा टुप्पोका भागमा देखा पर्ने केही डल्लो अथवा गाँठो हुने समस्या पनि व्यक्तिलाई पिडा दिने समस्याको प्रमुख स्रोत हुन् ।

केही खोपको माध्यमबाट औषधि दिएर अथवा विकल्प स्वरूप शल्यक्रिया गरेर पनि सो गाँठो देखा परेको समस्यालाई निराकरण गर्न सकिन्छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्