काठमाडौं । रेडियो नेपालले प्रदेश नम्बर ५ मा प्रदेशस्तरीय खुल्ला आधुनिक संगीत प्रतियोगिताका लागि दरखास्त आह्वान गरेको छ ।
५ नं. प्रदेशस्तरीय गायक प्रतियोगिता चैत १० गते दाङस्थित रेडियो नेपालको कार्यालयमा हुनेछ । प्रतियोगिताका लागि दरखास्त आह्वान गरिएको संगीतकार एवम् प्रतियोगिताका संयोजक सन्तोष श्रेष्ठले जानकारी दिए ।
हरेक वर्ष रेडियो नेपालको आफ्नो वार्षिकोत्सवका अवसरमा गायन प्रतियोगिता गर्दै आएको छ । रेडियो नेपालले ६८औँ वार्षिकोत्सवका अवसरमा पनि राष्ट्रिय खुला आधुनिक संगीत प्रतियोगिता सात वटै प्रदेशमा गर्न लागेको हो ।
चैतको १८ गते प्रदेशबाट छानिएर आउने गायक र गायिकाले रेडियो नेपालको केन्द्रीय कार्यालय सिंहदरबारमा हुने अन्तिम प्रतिस्पर्धामा भाग लिन पाउनेछन् ।
प्रदेशमा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः स्वर्ण, काश्य र रजत पदक प्रदान गरिनेछ ।
पाँच नं. प्रदेशको गायत प्रतियोगितामा भाग लिनका लागि फागुन २५ गतेभित्र दाङस्थित रेडियो नेपालको कार्यालयमा आवेदन दिन सूचना जारी भएको छ । dainiknepal.com वाट साभार

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।