गुगल र फेसबुकलाई पछि पार्दै टिकटक बन्यो सबैभन्दा धेरै हेरिने वेबसाइट



काठमाडौँ । कसैलाई ‘विश्वको सबैभन्दा लोकप्रिय वेबसाइट कुन हो ?’ भनेर सोध्नु भयो भने ‘गुगल’ भन्ने उत्तर आउँछ ।  तर, सन् २०२१ का लोकप्रिय वा सबैभन्दा धेरै प्रयोग भएका वेबसाइटको शीर्षस्थानमा गुगलको नाम नभएर टिकटक छ।

क्लाउडफ्लेयर नामक कम्पनीका अनुसार यसअघि शीर्षस्थानमा रहँदै आएको गुगलको स्थान टिकटकले लिएको छ । भारतसहित केही मुलुकमा टिकटकमाथि प्रतिबन्ध लगाइएको छ। तर, बाइट डान्सको स्वामित्वमा रहेको टिकटकले विश्वभर मासिक एक अर्ब मानिसले आफ्नो एप प्रयोग गर्ने दाबी गरेको छ ।

योसँगै गुगल लोकप्रिय वेबसाइटको सूचीको दोस्रो स्थानमा झरेको छ । त्यस्तै, हालै नाम परिवर्तन गरेर मेटा राखेको फेसबुक सूचीको तेस्रो स्थानमा छ । माइक्रोसफ्ट चौथो, एप्पल पाँचौँ र अमेजन छैटौँ स्थानमा छन् । सातौँ स्थानमा नेटफ्लिक्स, आठौँ स्थानमा युट्युब, नवौँ स्थानमा ट्विटर र दसौँ स्थानमा ह्वाट्सएप छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्