रमेश लामिछाने अखिल क्रान्तिकारी चितवनको अध्यक्षमा निर्वाचित



चितवन
अखिल क्रान्तिकारी चितवनको सोमबार ३० औं जिल्ला सम्मेलन सम्पन्न भएको छ ।
सम्मेलनले रमेश लामिछानेको अध्यक्षतामा ४१ सदस्यीय जिल्ला संगठन समिति चयन गरेको छ ।
जसको उपाध्यक्षमा शुसन पौडेल, सचिवमा प्रकाश तामाङ र सहसचिवमा सुदिप पौडेल निर्वाचित भएका छन् ।
पश्चिम चितवनमा रहेको रामपुर क्याम्पसमा सम्पन्न सम्मेलनको उद्घाटन अखिल

क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष लालबहादुर तामाङले गरेका थिए ।
सम्मेलनमा नेकपाका पश्चिम तामसालिङ ब्यूरो इन्चार्ज आधार, चितवन इन्चार्ज लालबहादुर बिसी, सेक्रेटरी धुर्ब खड्का, अखिल क्रान्तिकारीका पश्चिम तामसालिङ संयोजक रुद्र प्रसाद भटराई, केन्द्रीय सदस्यहरु प्रकाश चन्द र लक्षुराम विक, योङ रेड फोर्सका चितवन संयोजक अटल श्रेष्ठ अतिथिको रुपमा उपस्थित थिए ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्