बालकृष्ण ढंगेललाई छुटाउन गृहमन्त्रीको पहल



दुइ महिना अगाडी गिरफतार भएका पूर्व सभासद बालकृष्ण ढुंगेललाई रिहाई गर्न गृहमन्त्री रामबहादुर थापा बादलले पहल थालेको बुझिएको छ ।
जनयुद्धकालीन मुद्दा लगाएर तीन महिना अगाडी सर्वोच्चले गरेको फैसलापछि उनी जेलमा छन् । दउवा सरकारले उनलाई जेल हालेको हो ।

उज्यालो नेपालका अनुसार ढुंगेलको रिहाईका लागि माओवादी नेता तथा गृहमन्त्री बादलले अनौपचारिक रुपमा पहल थालेको बुझिएको छ ।
गृहमन्त्रालय स्रोतले भन्यो, ‘ढुंगेललाई कसरी रिहाई गर्न सकिन्छ, भन्ने विषयमा मन्त्रीज्युले छलफल थाल्नु भएको छ, अब उहाँको रिहाईका निम्ति उहाँले आफ्नो ढंगबाट काम थालिसक्नु भयो ।’

स्रोतका अनुसार गृहमन्त्री थापाले गृहसचिव र नेपाल प्रहरीका महानिरिक्षकसँग ढुंगेलको रिहाईका लागि छलफल गरेका छन् ।

बादलले आफ्नो ढंगबाट रिहाईका लागि पहल थालेको विषय ढुंगेलले समेत थाहा पाइसकेका छन् ।
जनयुद्धकालीन मुद्धा लगाएको भन्दै ढुंगेलको पक्राउपछि माओवादी वृत्त, विभिन्न संघ संस्थाहरु तथा देश, विदेशबाट व्यापक विरोध हुँदै आएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्