सैघाली खबर
काठमाडौं,२२ फागुन
प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ। हिजोबाट सुरु भएको बैठकमा आज शीर्ष नेताहरुले सम्वोधन गर्ने कार्य तालिका छ । बिहान ११ बजे सुरु हुने बैठकमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलका संसदीयदलका नेता तथा अन्य स्वतन्त्र सांसद्ले सम्वोधन गर्नेछन्।एमाले संसदीयदलका नेता एव म्प्रधानमन्त्री केपीशर्मा ओलीले भने बैठकमा सम्वोधनगर्नुहुने छैन ।
कांग्रेसका तर्फ बाट शेरबहादुर देउवा, माओवादी केन्द्रका तर्फ बाट पुष्पकमल दाहाल प्रचण्ड, संघीय समाजवादी फोरम नेपालका उपेन्द्र यादव र राजपाका तर्फबाट अध्यक्ष मण्डलका एक शीर्ष नेताले सम्वोधन गर्ने कार्य तालिका छ । केही स्वतन्त्र सांसदहरुले पनि सम्वोधनका लागि समय मागेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकले सभामुखचयनको कार्यतालिका सार्वजनिक गर्नेछ। दलीय सहमति अनुसार फागुन २६ गते सभामुख चयन हुनेछ। राष्ट्रियसभा अध्यक्ष निर्वाचनका लागि पनि राष्ट्रियसभाले आजै अध्यक्ष चयनको कार्यतालिका सार्वजनिक गर्नेछ। राष्ट्रियसभा बैठक पनि आजै ११ बजेका लागि बोलाइएको छ।आजको बैठकबाटदुबै सदनले नियमावली मस्यौदा समिति गठन गर्ने तयारी छ ।
![TopLine](https://thahaonline.com/wp-content/themes/saighali_khabar/img/thahaonline-logo.png)
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।