राष्ट्रपतिको उम्मेदवारका बारेमा एमालेले आज टुङ्गो लगाउने



सैघाली खबर
काठमाडौं,२२ फागुन 

राष्ट्रपतिको उम्मेदवारका बारेमा टुङ्गो लगाउन सत्तारूढ नेकपा एमालेको स्थायी समितिको बैठक आज बस्दैछ । यहीफागुन २९ गते हुने राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारको टुङ्गो लगाउने बारेमा छलफल गर्न स्थायी समिति बैठक बोलाइएकोएमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो ।

भट्टराईका अनुसार बैठकमा सरकार विस्तार देखि अन्य समसामायिक राजनीतिकविषयमा पनि छलफल हुनेछ।राष्ट्रपतिमा विद्यादेवी भण्डारीलाई नै दोहो¥याउने किन उम्मेदवार बनाउने भन्ने बारेमा एमाले भित्र फरक फरक विचार छ । राष्ट्रपतिका लागि वरिष्ठ नेता झलनाथ खनाल पनि इच्छुक देखिएपछि एमाले उम्मेदवारको बारेमा समानधारणा बनाउने तयारीमा जुटेको हो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्