सार्क सम्मेलन आयोजना गर्न पाकिस्तान इच्छुक



सैघाली खबर
काठमाडौं,२२ फागुन

पाकिस्तानी प्रधानमन्त्री शाहिद अब्बासीले आफू आगामी सार्क शिखर सम्मेलनको आयोजनागर्न चाहेको बताउनु भएको छ । नेपालको दुई दिने भ्रमणमा आउनु भएका प्रधानमन्त्री अब्बासीले नेपाली समकक्षी केपीशर्मा ओलीसँग गएराति भएको भेटमा सार्क सम्मेलन पाकिस्तानमा गर्ने वातावरण मिलाउनआग्रह गर्नु भएको हो ।

सार्कको महत्वलाई थप प्रभावकारी बनाउन दुवै मुलुकका प्रधानमन्त्री सहमत भएको प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले  जानकारी दिनुभयो । उहाँका अनुसार प्रधानमन्त्री ओलीले सार्क देशहरुका बीचमा कुनै किसिमको असमझदारी भएमा त्यसलाई आपसी छलफलबाट नै टुङ्ग्याउनु पर्ने बताउनुभएको थियो ।

आगामी सार्क सम्मेलनका बारेमा सार्कका अन्य सदस्य राष्ट्रसँग थप छलफल गरेर निष्कर्षमा पुग्ने प्रधानमन्त्री ओलीले जानकारी गराउनु भएको थियो । भेटमा पाकिस्तानका प्रधानमन्त्री अब्बासीले नेपालको प्रधानमन्त्री बनेकोमा ओलीलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो ।

प्रधानमन्त्रीओली र प्रधानमन्त्री अब्बासी बीच करिब एक घण्टा भेटवार्ता भएको हो । भेटवार्तामा मुल रुपमा दुई देशको राजनीतिक र आर्थिक विकासका विषयमा कुराकानी भएको छ । प्रधानमन्त्री ओलीले नेपालमा लोकतन्त्र सुदृढ गर्नुपर्ने कामजारी रहेको र चुनावी प्रक्रियाबाट राजनीतिक संक्रमणकाल अन्त्य गरेको भेटमा उल्लेख गर्नु भएको थियो ।

भेटवार्तामा प्रधानमन्त्री ओलीलाई पाकिस्तानका प्रधानमन्त्री अब्बासीले पाकिस्तान भ्रमणको निमन्त्रणा गर्नु भएको छ । ओलीले उपयुक्त समयमाआफूले पाकिस्तान भ्रमण गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीका साथमा अर्थमन्त्री डा.युवराज खतिवडा, प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमाल, मुख्य सचिब लोकदर्शन रेग्मी, परराष्ट्र सचिव शङ्करदाश बैरागी लगायत सहभागी हुनुहुन्थ्यो । प्रधानमन्त्री अब्बासीलाई सैनिकमञ्च टुंडिखेलमाहिजो साँझ ‘गार्ड अफ अनर’ले सम्मान गरिएको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटगरी आजै पाकिस्तानी प्रधानमन्त्री अब्बासी स्वदेश फर्कने कार्यक्रम छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्