बिच गेमको तयारी तिब्र, खेल स्थल सरसफाई



 

सैघाली खबर
दाङ,२२ फागुन

तुलसीपुर १२ को ववई नदी किनारमा हुने बिच गेम प्रतियोगिताको तयारीका लागि सोमबार सरसफाई गरिएको छ । तुलसीपुर उपमहानगरपालिकाले आयोजना गरेको मेयर कप खेलकुद प्रतियोगिता अन्तरगत हुने बिच गेम भलिबलको तयारीका लागि खेल संयोजक अमर नेपाली ( माईकल), तुलसीपुर उपमहानगरपालिका प्रबक्ता श्याम डाँगी, कार्यपालिका सदस्य दिपक कुमाललगायतको टोलीले सोमबार सरसफाई गरेको हो ।

खेल मैदान तथा कार्यक्रम स्थल सरसफाई गर्न तुलसीपुर ७ मा रहेको हाम्रो पहुँच सेकेन्डरी स्कुलका बिद्यार्थीहरु पनि सहभागि भएका थिए । पहिलो मेयरकप खेल अन्तर्गत फागनु २३ गते उद्घाटन हुन लागेको बिच गेम खेलको तयारी स्वरुप सरसफाई गरिएको संयोजक माईकलले बताए ।

साथै उनले खेलको तयारीलाई तिब्र पारिएको बताए । खेलमैदान तथा खेल उद्घाटन स्थल सरसफाई गरिएसंगै एक कार्यक्रम गरि सरसफाई कार्यक्रमको समापन गरिएको थियो । खेल संयोजक माईकलको अध्यक्षता तथा तुलसीपुर उपमहानगरका प्रबक्ता डाँगीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । त्यस अबशरमा खेल संयोजक माईकलले २३, २४ र २५ गतेसम्म तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १२ को ववइ नदीमा विच भलिबल प्रतियोगिताको उद्घाटन पाँच नंबर प्रदेशका मुख्य मन्त्री शंकर पोख्रेलले गर्ने जानकारी दिए । पर्यटन प्रवद्र्धन गर्न उनले ५ नम्वर प्रदेशमै पहिलो पटक विच भलिबल खेलको आयोजना गरिएको उनको भनाई थियो ।

प्रतियोगीतामा १९ वटै वडाका खेलाडीहरु सहभागि हुने छन् । विच भलिबलका लागि हरेक समूहमा दुई÷दुई जना खेलाडी रहने छन् । खेलका महिला र पुरुष तर्फ पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः २५ हजार, १५ हजार र १० हजार पुरस्कारको व्यवस्था गरिएको माईकलले बताए । कार्यक्रमको सहजीकरण कार्यपालिका सदस्य दिपक कुमालले गरेका थिए ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्