‘गाँउमा पुगेन निर्वाचन शिक्षा ’



गिरिराज नेपाली
दाङ ,१ असार । ‘जुन दल उम्मेद्वारहरु आए पनि चुनाव चिह्न मात्रै देखाउदै देखाई यसमा भोट हाल्नु होला मात्रै  ’भन्छन‘ वाँकी तिनीहरु लाई कसरी भोट हाल्ने हो । कसरी हाले हाम्रो भोट खेर जादैनन । भने वारे न दलका नेताहरुले पनि सिकाउदैनन ।

…न कोही निर्वाचन शिक्षा कार्यक्रम वारे कुनै व्यक्ति नै जानकारी दिएका छन । खाली रेडियो मात्रै सुनिन्छन आषाढ १४ गते विहान ७ वजे देखी साँझ ५ सम्म मतदान गर्न सकिन्ने । तर त्यो सुनेको भरमा मात्रै कसरी मतदान गर्ने हो । अघिका मतपत्र भन्दा यसपालाको मतपत्र ठुलो छ रे , भने सुनेको छु । त्यो पनि देखेका छैन । मतदान गर्न सिकाउने मान्छेहरु अरुका गाँउगाँउमा आउछ रे । तर हाम्रा गाँउमा आएका छैनन । भन्दै उनले गुनासो गर्दै भनिन ‘हामी दिने मत , खेर जान्छ की भन्ने चिन्ता छ । ’5

उमेर करिव ५० हाराहारी टेकेकी कालीले मतदान गर्ने हो । तर आफुले दिएको मत सही हुन्छ कि हुदैन । भन्ने चिन्ता उनलाई सताएको छ । उनले भनिन यस अघिको काँन सुन्थे सुनेको भरमा पनि मतदान गर्न सक्थे । आखाँ देख्थे सिकाएको भरमा पदि दिईन्थ्यो । तर यसपाल कुनै मतदाता शिक्षा परामर्शदाता कोही आएका छैनन । मत कसरी खसाल्ने हो । दिएको मत सहि हुने हो वा होईन भन्ने चिन्ता छ ।

त्यस्तै सोही तुलसीपुर उप–महानगरपालिका १८ झिगैका २७ वर्षिय मोहन केसीले आसन्न आषाढ १४ को स्थानिय तहको निर्वाचनमा पहिलो पटक आफुले मतदान गर्दै छन । पहिलो पटक आफुले जनप्रतिनिधि छनौटका लागि मतदान गर्न पाउदा निकै उत्साहित र हर्षित छन । तर आफुले पहिलो पटक मतदान गर्न लागेकाले मतदान कसरी गर्ने वारे अन्यौलमा परेको पनि परेको वताए ।

उनले भने ‘पहिलो पटक मेरो हातले जनप्रतिनिधि लाई भोट दिदै छु । तर कसरी भोट हाल्नु पर्छ । स्वस्तीक चिह्न लगाए कसरी मतपत्र पट्याउनु पर्छ । त्यो थाहा छैन । सवैले एक छापेका कुरा गर्छन । तर यसपाली पार्टी होईन मान्छे हेरेर भोट दिनुपर्छ भन्ने चर्चा पनि छ । तर कसरी मिलाई दिनु पर्छ ।

स्वस्तिक छाप तलमाथि भए मतपत्र रद्द हुन्छ कि हुदैन भन्ने वारे अझै अन्यौलमा परेको उनले वताए । उनले भने ‘निर्वाचन मिति आई सक्यो । ’ तर अझै निर्वाचन शिक्षा वारे केही जानकारी छैन । ‘दल नेताहरु दिनैपिच्छे घरमा आउछन । तर निर्वाचन शिक्षाका ज्ञान सिकाउने मान्छे एक दिन पनि फिरेका छैनन ।

उनले भने ‘यो निर्वाचनमा अझै ठुलो मत पत्रमा ८ चिह्नमा ७ छाप लगाउनु पर्छ रे ंं।। , तर त्यो कसरी लगाउने हो रु अझ म पहिलो पटक भोट खसाल्दै छु । त्यो खसाल्ने , पट्याउने पनि थाहा छैन । उनले भने कम्तिमा पनि एकैछिन भए पनि स्वस्तिक छाप लगाए पछि मतपत्र यसरी र उसरी पट्याई प्मत पेटिकामा खसाल्नु पर्छ ।

भने अलिकति ज्ञान पाए , आफुले दिने मतपत्र सही सदुपयोग हुन्छ भने ढुक्क हुने थियो । तर मनमा ढुकचुक राखेर भए पनि यसपालीको निर्वाचनमा मतदान गर्दछु ।
आज वाट सकिदै निर्वाचन शिक्षा कार्यक्रम
आसन्न स्थानिय तह निर्वाचन आषाढ १४ मा हुन लागिएको स्थानिय तहको निर्वाचन लाई लक्षित गर्दै यही जेष्ठ ५ गते जिल्ला व्यापी रुपमा थालनी

निर्वाचन शिक्षा कार्यक्रम आज देखी सकिदै छ ।

जिल्ला निर्वाचन कार्यालय दाङले आसन्न निर्वाचन हुने मतदान लाई रद्द हुन वाट जोगाउन र मतदाताहरु निर्वाचन शिक्षा वारे जानकारी गराउने उद्देश्यले संञ्चालन गरिएको मतदाता शिक्षा कार्यक्रम आज देखी जिल्ला व्यापी रुपमा रोकिदैन । मतदाता शिक्षा कार्यक्रमका लागि भर्ना गरिएका स्वयम सेविकाहरुका तोकिएका १ महिने अवधि पुरा भएकाले आज देखी मतदाता शिक्षा कार्यक्रम जिल्ला व्यापी रुपमा संञ्चालन नगर्ने जिल्ला निर्वाचन कार्यालय दाङका सुचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिए ।

जिल्ला व्यापी रुपमा संञ्चालन गरिएको मतदाता शिक्षा कार्यक्रममा सवै मतदाताहरु समेटी निर्वाचन शिक्षा कार्यक्रम वारे मतदाताहरुले वुझ्ने गरी १ सय वडाहरुका १ सय ५१ मतदान केन्द्रहरुमा मतदाता स्वयम सेविका परिचालन गरिएको कँुवरले जानकारी दिए । ३ सय ५१ मतदान केन्द्रमा ३ सय ५१ जना मतदाता शिक्षा स्वयम सेविका परिचालन गरिएको जिल्ला निर्वाचन कार्यालय दाङका सुचना अधिकार गेहेन्द्र कँुवरले जानकारी दिए ।

जेष्ठ ५ गते देखी जिल्ला व्यापी रुपमा १ मतदाता शिक्षा स्वयम सेविकाले वढिमा १ हजार ४७ जना मतदाताहरु निर्वाचन शिक्षा वारे जानकार गराउने लक्ष्यका साथ करिव १ महिने मतदाता शिक्षा कार्यक्रम संञ्चालन गरिएको जानकारी दिए । कुँवरले भने ‘मतदाता शिक्षा कार्यक्रम वाट कुनै पनि मतदाताहरु विमुख हुनु परेको छैन । महिना भित्रमा एक जना स्वयम सेविकाले १ हजार ४७ जना लाई मतदाता शिक्षा वारे जानकारी दिनु पर्ने भएकाले त्यो लक्ष्य पुरा भएको कँवरको दावी छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्