भावी राष्ट्रपतिमा भटराईको नाम चर्चामा



राष्ट्रपति निर्वाचनको प्रक्रिया संघारमा आइपुग्दा एमाले नेता लोककृष्ण भटराईको नामा चर्चामा रहेको छ ।

यसबारेमा बहालवाला राष्ट्रपति कायम रहने विषय पनि बहसमै छ।

लोककृष्ण भटराई देशको आमुल परिवर्तनका लागि पंचायतमा लामो समय जेल जीवन विताएका नेता हुन ।

भटराईलाई राष्टपति बनाउने अभियानमा ठुलै समुह सामाजिक संजाल मार्फत लागेको बुझन सकिन्छ ।

आफनो फेसबुक पेजमा भटराईलाई राष्टपति बनाउने उद्धेश्य सहितको स्टाटस लेख्दै चन्दी थापा भन्छीन राष्टपतिमा लोककृष्ण भटराई नै किन ? उनको स्टाटसमा पर्तीकृया दिँदै पाठकहरुले सकारात्मक भनाइ व्यक्त गरिरहेका छन ।

उनी नेपालमा राजनैतिक स्थिरताका लागि पुष्पलाल र बिपीको संयुक्त जनआन्दोलनको कार्यनीतिक र राष्ट्रिय मेलमिलापमा जोड दिदैँ आएका नेता हुन ।
२०४६ को संयूक्त आन्दोलनमा वाम–काङ एकताका पहलकर्ता र माओवादी जनयुद्धलाई राजनैतिक आन्दोलनका रुपमा सम्मान गर्दै वार्ता मार्फत समस्या समाधान गर्न आवाज उठाउँदै आएका तथा मध्यस्थ समेत गरेका वामपंथी नेता उनको अर्को परिचय हो ।

सामाजिक संजालमा चन्दी थापाको स्टाटस जस्ताको तस्तै :

 राष्ट्रपतिमा लोककृष्ण भट्टराई नै किन ? 
राष्ट्रपति निर्वाचनको प्रक्रिया संघारमा आइपुगेको छ । यसबारेमा बहालवाला राष्ट्रपति कायम रहने विषय र अन्य नेतागण राष्ट्रपतिका लागि योग्य नहुने कुरै छैन । तर, उहाँहरु जिम्मेवार राजनैतिक दलको जिम्मेवार नेतृत्व सम्हालेर राजकीय पद प्राप्ति पनि गरिसक्नु भएको छ । 
देशको आमुल परिवर्तनका लागि पंचायतमा लामो समय जेल जीवन विताएका, नेपाल आयल निगमको पौने २ महिना कार्यकारी अध्यक्ष भएर स्वच्छ छवि देखाएका र बेथितिको विरुद्ध लड्दा पद छाड्न तयार भएका, नेपालमा राजनैतिक स्थिरताका लागि पुष्पलाल र बिपीको संयुक्त जनआन्दोलनको कार्यनीतिक र राष्ट्रिय मेलमिलापमा जोड दिदैँ आएका, २०४६ को संयूक्त आन्दोलनमा वाम–काङ एकताका पहलकर्ता, माओवादी जनयुद्धलाई राजनैतिक आन्दोलनका रुपमा सम्मान गर्दै वार्तामार्फत समस्या समाधान गर्न आवाज उठाउँदै आएका तथा मध्यस्थ समेत गरेका वामपंथी, प्रगतिशील, देशभक्त र समाजवादीहरुको बृहद एकतामा सक्रिय तथा नेपाली राजनीतिका शीर्ष नेतृत्वलाई समाजवाद उन्मुख बनाउन जोड दिदै आएका, माटो र हावापानीको व्यवसायिक प्रयोग गर्दै उत्पादन, आत्मनिर्भरता, स्वाधीनता र समृद्दिमार्फत समाजवाद प्राप्त हुने ठहरका साथ झण्डै एकदशक देखि अष्ट ज अभियानको नेतृत्व दिदैँ माटोमुखी आन्दोलन चलाउँदै आउनु भएका ओखलढुंगाका लोककृष्ण भट्टराईलाई राष्ट्रपतिको रुपमा अगाडि सार्दा प्रधानमन्त्री केपी ओली र माओवादी अध्यक्ष प्रचण्डको मुल्यांकन सहि हुने तथा कांग्रेसको समर्थन सहज हुने देखिन्छ । मानव सभ्यताको पहिलो भ्रुण नेपाली माटोबाट भएको हो भन्ने पहिलो लेखक उनी राजनैतिक सामाजिक र सामृद्धिको आन्दोलनलाई समायोजन गर्न का लागि राष्ट्रपतिमा उपर्युक्त पात्र भट्टराई नै हुन भन्न सकिन्छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्