राष्ट्रपतिको उम्मेदवार टुंग्याउन एमालेको बैठक बस्दैः कसको पक्षमा कति छन् ?



सैघाली खबर

काठमाडौं २२ फागुन। नेकपा एमालेले आज स्थायी समिति बैठक बोलाएको छ । मंगलबार ९आज० प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ४ बजे बैठक बस्दैछ ।

एमालेका एक नेताका अनुसार आजको स्थायी समिति बैठकले राष्ट्रपतिको उम्मेदवार टुंगो लगाउनेछ । ‘बैठक बोलाइएको जानकारी आएको छ, तर एजेन्डा बताइएको छैन,’ उपाध्यक्ष युवराज ज्ञवालीले भने, ‘भोलि राष्ट्रपतिको उम्मेदवार मनोनयन भएकाले सम्भवतः त्यही एजेन्डामा छलफल हुन सक्छ ।’

पूर्वप्रधानमन्त्रीसमेत रहेका झलनाथ खनालले पनि राष्ट्रपतिको आकांक्षि देखाएपछि एमालेमा विवाद छ । प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी ओलीले हालकि राष्ट्रपति विद्यादेवी भण्डारीलार्इ दोहोर्याउने संकेतपछि वरिष्ठ नेता माधव नेपालको समूह ओलीसँग रूष्ट छन् ।

आज बस्ने बैठकअघि शीर्ष नेताहरूसँग छलफल गर्ने तयारी ओलीले गरेको केन्द्रीय प्रचार विभागका सचिव विष्णु रिजालले खबरडबलीलार्इ जानकारी दिए । राष्ट्रपतिमा भण्डारीलाई नै दोहोर्याउने पक्षमा रहेका ओली बैठकअगावै सर्वसम्मत चयनको वातावरण बनाउन शीर्ष नेताहरूसँग छलफल गर्न लागेका हुन् ।

कसको पक्षमा कति 

एमालेको २६ जनाको स्थायी कमिटी रहेको छ । जसमा १० जना ओली समूह, खनाल समूह ९माधव नेपा, वामदेव गौतम०सहित १० जना रहेका छन् । त्यस्तै केन्द्रीय अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहोरा, पदेन सल्लाहकार समिति अध्यक्ष केशव बडाल, लेखा आयोगका अध्यक्ष डा। पुष्प कँडेल र निर्वाचन आयोगका अध्यक्ष सोमनाथ प्यासी आमन्त्रित स्थायी समिति सदस्यको हैसियतमा मात्र छन् । उनीहरूले निर्णय प्रक्रियामा भाग लिन पाउँदैनन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्