खेलकुद

एशियन सेन्ट्रल जोन महिला भलिबलको उपाधि नेपाली महिला टोलीलाई

By Thah Online

December 28, 2021

काठमाडौं । नेपाली महिला टोलीले एभीसी सेन्ट्रल जोन भलिबलको उपाधि जितेको छ। बङ्गलादेशको ढाकामा आज (मंगलबार) भएको खेलमा उज्वेकिस्तानलाई ३–२ को सेटमा हराउँदै नेपालले उपाधि उचाल्न सफल भएको हो ।

बङ्गलादेशको मिरमुरमा रहेको शाहिद शुरवार्दी इन्डोर स्टेडियममा भएको खेलमा नेपालले पहिलो सेट २५–२४ ले जित्यो। यस्तै दोस्रो सेटमा बङ्गलादेश २५–२४ ले विजयी भयो।

त्यस्तै तेस्रो सेट नेपालले २५–१५ ले जित्दा चौथो सेट उज्वेकिस्तानले २५–२२ ले जित्यो। योसँगै खेल २–२ को अवस्थमा पुग्यो।

त्यसपछि पाँचौँ सेट नेपालले १५–१० ले जित्दै उपाधि जितेको हो। यस संस्करणमा नेपाल अपराजित रहँदै उपाधि हात पार्न सफल भयो।  नेपालले आफ्नो अपराजित यात्रा कायम राख्दै लगातार दोस्रो पटक च्याम्पियन बनेको हो ।