सैघाली खबर,
काठमाणडौ २२ फागुन।
संघीय समाजवादी फोरमले केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको छ।
मंगलबार बिहान बसेको सो पार्टीको पदाधिकारी बैठकले सरकारमा सहभागी हुने निर्णय गरेको सहअध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिए।
आजको बैठकमा अध्यक्ष उपेन्द्र यादवले सरकारमा सहभागी हुनेबारे भइरहेका वार्ताको ब्रिफिङ गरेका थिए।
‘सरकारमा सहभागी हुने निर्णय भएको छ, मन्त्रालयका बारे उहाँहरु ९एमाले र माओवादी० सँग आजै छलफल हुन्छ,’ श्रेष्ठले भने।
यादव फागुन १४ गते नै सरकारमा सहभागी हुन सहमत भएका थिए। त्यो दिन उनी साथीहरुसँग छलफल गरेर आउँछु भन्दै बालुवाटारबाट निस्केका थिए।
यादव सरकारमा जान सहमत भएको ८ दिनपछि पार्टीले औपचारिक निर्णय गरेको हो।
मन्त्रालयका विषयमा सहमति हुन नसक्दा फोरमको सरकारमा सहभागी हुने प्रक्रिया लम्बिएको छ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।