Banner Third

श्रीधर अधिकारीको नयाँ गीत” मोया नमार” सामाजिक सञ्जाल टिकटकमा भाइरल बन्दै

By Saru Sunar

December 29, 2021

 अमृत भटृराई,पर्वत | पछिल्लो समय एकपछि आर्को गर्दै नेपाली लोक साङ्गीतिक क्षेत्रमा छुटै पहिचान बनाउँदै आएका लोक गायक तथा शब्द सर्जक गायक श्रीधर अधिकारीले फेरि नेपाली साङ्गीतिक बजारमा मोया नमार एल्बम गीत सार्वजनिक गरेका छन् । गीतमा चर्चित गायक श्रीधर अधिकारी, मिसन मगर ,गायिका कल्पना दाहाल, लक्ष्मी खडका, पूजा देवकोटाको स्वर रहेको छ | गीतको शब्द सृजना गायक श्रीधर अधिकारीको भाइ विमल अधिकारीले गर्नु भएको गायक श्रीधर अधिकारीले थाहा अनलाइन लाई जानकारी दिए |

थाहा अनलाइनका पत्रकार सँगको कुराकानी मा गायक श्रीधर अधिकारीले भने अघिल्लो सालको तिजमा सार्वजनिक गरेको तिज गीत लाली जोबान टिकटकमा अत्यधिक चर्चामा आएको समेत बताए | गीतमा रोबिन पोखरेल, स्वाभिमान सुवेदी, खेम भुसाल, बिनम कडेल, स्वस्तिमा आचार्यको अभिनय रहेको छ । गीतको छायाँकन टंक केसिले गरेका हुन भने गीतको निर्देशन गायक श्रीधर अधिकारीले नै गरेका छन् । गीत Shreedhar Adhikari युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो | गीत सार्वजनिक भए पछि उक्त गीत सामाजिक सञ्जालमा भाइरल बन्दै गएको छ | पुरा भिडियो हेर्नुहोस् :