खेलाडीका मन्त्री अथक : च्याम्पियन खेलाडीलाई प्रतिव्यक्ति पाँच लाख दिने निर्णय



काठमाडौं । सरकारले ‘एभीसी सेन्ट्रल जोन महिला च्यालेन्ज कप’ मा लगातार दोस्रो पटक उपाधि हासिल गरेको नेपाली टोलीका खेलाडीलाई प्रतिव्यक्ति ५ लाख दिने निर्णय गरेको छ ।

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज ‘अथक’को प्रस्ताव अनुसार महिला खेलाडीहरूलाई प्रोत्साहन गर्न प्रतिखेलाडी ५ लाख दिने निर्णय गरिएको हो । खेलाडीसँगै प्रशिक्षकलाई पनि समान ५ लाख दिने सरकारले निर्णय गरेको छ ।  यसअघि राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, मन्त्री गहतराज लगायतले राष्ट्रको प्रतिष्ठा उच्चो बनाउने नेपाली महिला टोलीलाई बधाई दिएका थिए ।

नेपालले मङ्गलवार बङ्गलादेशको ढाकामा उज्बेकिस्तानलाई ३–२ को रोमाञ्चक सेटमा सानदार जित निकाल्दै उपाधि रक्षा गर्न सफल भएको थियो । यसअघि नेपालले २०१९ मा मालदिभ्सलाई हराउँदै एक सेट पनि नगुमाई उपाधि जितेको थियो ।

यस पटकको च्याम्पियनसिपमा श्रीलङ्का र उज्बेकिस्तान थपिँदा नेपालले दुवै टोलीसँग समान २–२ सेट गरी ४ सेट गुमाउन पुगेको थियो । नेपालले १८ सेट आफ्नो पक्षमा पारेको थियो । पुरुषतर्फ नेपाल उज्वेकसस्तानसँग सोझो सेटमा पराजित हुँदै पदकविहीन बन्न पुगेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्