Banner Second

आज मौसम कस्तो रहला ? आगामी तीन दिनको मौसम पूर्वानुमान

By Thaha - Online

December 30, 2021

आगामी तीन दिनको मौसम पूर्वानुमान

२०७८ पौष १५ गते (बिहीबार)

दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रही  पहाडी भू-भागको थोरै स्थानहरूमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागहरूका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।

राती : देशको पहाडी भू-भागमा आंशिक देखी सामान्य बदली  र बाँकी भू-भागमा आंशिक बदली  रहनेछ। प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको पनि सम्भावना रहेको छ ।

२०७८ पौष १६ गते (शुक्रबार)

दिउँसो : देशभर आंशिक बदली रही  गण्डकी प्रदेश र प्रदेश नं १ एक वा दुई स्थानहरूमा हल्का वर्षा र उक्त प्रदेशका  उच्च पहाडी तथा हिमाली भू-भागहरूका एक वा दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती : प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका  पहाडी भू-भागमा आंशिक देखि सामान्य  बदली र बाँकी भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

 

२०७८ पौष १७ गते (शनिबार)

दिउँसो : देशभर आंशिक बदलीको सम्भावना रहेको छ। बाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

 

राती : देशभर आंशिक बदलीको सम्भावना रहेको छ। बाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।