दिपक बोहरा,
तुलसीपुर २२ फागुन ।
तुलसीपुरको हात्तिखौवा देखि घोराही चोक सम्मको सडक चार लेन बनाउने कार्य पुनः शुरु भएको छ । सडक डिभिजन कार्यालय दाङले बाँकी रकम भुक्तानी गर्ने प्रतिबद्धता जनाएपछि ठेक्केदार कम्पनिले काम पुनः शुरु गरेको हो । सडक भुक्तानी नहुँदा निर्माण कम्पनिले करिब एक महिना जति काम ठप्प पारेको थियो । सडक चार लेन बनाउने ठेक्का पाएको गौरी पार्वती निर्माण सेवालाई पहिलेको भुक्तानी दिन बाँकी ८० लाख रुपैयाँ भुक्तानी गरिदिने प्रतिबद्धता जनाएपछि निर्माण कम्पनिले काम शुरु गर्ने जनाएको छ । ‘सडक डिभिजनले भुक्तानी गर्नुपर्ने बाँकी रकम भुक्तानी गरेको छैन’ निर्माण कम्पनिका बामदेव रेग्मीले भने ‘ भुक्तानी गर्न आस्वासन दिईरहेको छ ।’ समयमै फोरलेन सडक निर्माण नहुँदा स्थानीयले सास्ती बेहोर्नु परेको भन्दै त्यसलाई मध्यनजर गरेर काम अगाडि बढाएको बताए । सडक डिभिजनले बाँकी रकम भुक्तानी गरे तीन महिनामै सबै काम पुरा हुने उनको भनाई छ । अहिले डिभाईडर बनाउने काम भईरहेको उनले बताए ।
समयमै काम पुरा नहँुदा घोराही चोक देखि हात्तिखौवा सम्म धुलाम्मे हुने गरेको छ । सडक बिभाग र तुलसीपुर उपमहानगरको समन्वयमा बिहान केही ट्याङक्र पानी छर्किएपनि दिउसो भने धुलाम्मे हुन्छ । धुलोले गर्दा सडक सडक आसपासका व्यबसायी, स्थानीयबासी तथा यात्रुहरु मारमा पर्दै आएका छन् । पछिल्लो समय पसल नै चल्न छाडेको ब्यबायीहरुले गुनासो छ । सडक आसपासका व्यबसायी, टोल बिकास संस्थाहरु छिटो चारलेन सडक निर्माणको काम पुरा गर्न माग गर्दै आएका छन् ।
सडक निर्माणको कार्यले पूर्णता नपाउँदा निस्कने धुलाले आसपासका व्यबसायी, स्थानीयबासी तथा यात्रुहरु दैनिक धुलो खान बाध्य छन् । धुलोले गर्दा आँखा दुख्ने, खोकी लाग्ने, टाउको दुख्ने समस्या देखिन थालेको स्थानीय ब्यबसायी शेसुराम भण्डारीले वताए ।
चालुआर्थिक बर्षको कात्र्तिक देखि तेस्रो पटक पुनः चारलेन बनाउने कार्य शुरु भएको थियो । तर चार बर्ष सम्म पनि ५० प्रतिसत भन्दा बढी काम पुरा हुन सकेको छैन्, जुन काम एक बर्षमा सक्नु पर्ने हो । २०७१ सालमा सम्झौता भएका तुलसीपुरमा फोर लेन बनाउने कार्य २०७२ असोजमा पुरा गरिसक्नु पर्ने थियो । तर अहिले तेस्रो पटक म्याद थप भएको छ । तेस्रो पटक कार्तिकमा अन्तिम म्याद थियो । कार्तिकमा काम पुरा गरिसक्नु पर्ने भएपनि कार्तिक देखी मात्रै काम शुरु भएको थियो । हात्तीखौवादेखि वीरेन्द्रचोकसम्मको ९ सय मिटर सडक निर्माणका लागि चार करोड ५५ लाख बजेट बिनियोजन गरिएको थियो । त्यसको ५० प्रतिसत मात्रै काम पुरा भएको सडक डिभिजन कार्यालय घोराहीका ईञ्जिनियर शेखर योगीले वताए ।
शहरी सडक निर्माण शिर्षकको बजेटबाट दाङका सडक चार लेन हुन लागेको भएपनि चालु आर्थिक बर्षमा भने उक्त शिर्षकमा बजेट बिनियोजन नहुँदा काममा समस्या भएको सडक डिभिजन कर्याालय दाङले जनाएको छ । चालु आर्थिक बर्षमा उक्त शिर्षकमा बजेट स्थानीय तहमा गएकाले ठेकेदारलाई भुक्तानी दिन नसकिएको सुचना अधिकारी दुर्गा गौतमले बताए । सडक डिभिजनले शुरु गरेका कामको सडक डिभिजनले नै पुरा गर्नुपर्ने भएकाले बिभागले नै कुनै शिर्षक शिर्जन गरी बजेट बिनियोजन गरेको बजेटले ती चोरलेन बनाउने कामलाई पुरा गर्ने बताए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।