महिलाको शव फेला



सैघाली खबर,
दाङ २२फागुन,।
– अर्घाखाँची जिल्लाको सितगङ्गा नगरपालिका –८ स्थित सामुदायिक वनमा एक महिलाको शव फेला परेको छ ।
राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङमा मजदुरी गर्ने करिब ३५ बर्षीय मुस्कान नेपालीको शव फेला परेको ईलाका प्रहरी कार्यालय भालुवाङका प्रमुख रविन्द्र खड्काले जानकारी दिए ।

‘ अर्धनग्न अवस्थामा महिलाको शव फेला परेको हो ,’ उनले भने, ‘घटनाको अनुसन्धान सुरु गरेका छौँ ।

महिलाको शवलाई पोष्टमार्टमका लागि दाङको लमही अस्पतालमा लगिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्