इन्डोनेपाल फ्रेन्डसिप अन्तर्राष्ट्रिय अवार्ड- 2021 सरु सुनारलाई



काठमाडौं/ दलित साहित्य एकेडेमी ईन्डिया मणिपुरले गत बिहीबार काठमाडौँमा सम्मान कार्यक्रमको आयोजना गरेको छ । साहित्य एकेडेमीका अध्यक्ष श्री महेन्द्र सिङकाे सभापतित्वमा,पुर्व सांसद ऋषिबाबु परियारको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा भारतबाट १२ जनाको उपस्थिति रहेको थियो । दलित साहित्य एकेडेमी मणिपुर इन्डियाले हरेक वर्ष कार्यक्रम गर्दछ । नेपाली साहित्य र समाजमा क्रियाशील विभिन्न क्षेत्रमा काम गर्ने दलित समुदायका ब्याक्तीलाई अन्तर्राष्ट्रिय अवार्डले समान गर्दछन्,। 11 asian conference of dalit writer -2021 को अवसरमा यो वर्ष भने नेपालका तर्फबाट सम्मान हुनेहरूमा दलित महिला सङ्गठनकी अध्यक्ष तथा सञ्चार कर्मी सरु सुनार, परियार सेवा समाजका महासचिव बुद्धिमान परियार, उत्पीडित उत्थान सँघका महासचिव बनमाली परियार,र नेपाल कपडा तथा सिलाई व्यावसायी सँघका काठमाडौं जिल्ला अध्यक्ष चन्द्रबहादुर रण पहेलीलाई संम्मान गरिएको थियो । श्रीलङ्का र मणिपुरी कलाकार हरुले नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रम प्रज्ञाप्रतिष्ठानमा भएको थियाे । विभिन्न बिधामा दिने अवार्डमा सरु सुनारलाइ भने Indo Nepal friendship international Award – 2021 सम्मान गरिएको छ ।सुनार ल लामो समय देखि नेपालमा विद्यमान जातीय छुवाछूत , विभेद विरुद्ध सशक्त आवज उठाउँदै महिला हिंसा र जातीय हिंसा र मानव अधिकारको लागि सवालमा राज्यलाई गम्भीर बनाउन कानुन कार्यान्वयन गर्न सशक्त कलम र आवजको माध्यमबाट महत्त्वपूर्ण भूमिका खेलेकी छिन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्