यूएनको चर्चित तस्बिरमा नेपाली सेनाकी कप्तान पाण्डे



 

 

एजेन्सी, १६ पौष । यो संयुक्त राष्ट्रसंघले सार्वजनिक गरेको तस्बिर हो । तस्बिरमा शान्ति मिसनमा खटिएका तीनजना महिला सैनिकको तस्बिर छ ।

तस्बिर दक्षिणी सुडानको जुबास्थित यूएन शिविरको हो । जहाँ मलावीकी कप्तान अटुपेली मेवे, भारतकी मेजर बिन्देश्वरी र नेपालकी कप्तान रितु पाण्डे छिन् । तीनैजनाको पोशाक फरक छ । टोपीमात्र उस्तै ।

शान्ति सेनामा महिलाहरुको उल्लेख्य सहभागिता हुन थालेको छ । नेपालले पनि शान्ति सेनामा महिलालाई प्राथमिकताका साथ पठाउन थालेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्