सैघाली खबर,
फागुन २२, काठमाडौ ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू सधैं केन्द्रविन्दुमा रहेको बताएका छन्। संसद बैठकमा विशेषा सम्बोधन गर्दै प्रचण्डले हरेक राजनीतिक परिवर्तनमा आफू केन्द्रविन्दुमा रहेको बताएका हुन्। एमाले नेता माधवकुमार नेपाल र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले सम्बोधन गरिसकेपछि बेलेका प्रचण्डले बोल्ने क्रममा मात्र केन्द्र विन्दुमा नभई ०४६ पछिको हरेक परिवर्तनमा आफू र माओवादी केन्द्रविन्दुमा रहेको दावी गरे। उनले भने, ०४६ को आन्दोलन होस् या त्यसपछिका हरेक परिवर्तनका बेला होस्, म र मेरो पार्टी अहिलेसम्म केन्द्रविन्दुमा छ।
यस्तै, प्रचण्डले मोहन वैद्य किरण र नेत्रविक्रम चन्दलाई एकतामा आउन आग्रह गरेका छन्। उनले एक भएर अघि बढ्नुको विकल्प नरहेको बताएका छन्। प्रचण्डले पहिलाको जस्तो क्रान्ति सफल नहुने बताए। उनले भने, अब पहिलाको जस्तो क्रान्तिको अवश्यक छैन। अब समृद्धितर्फ लाग्नुपर्छ। जनताका अभिमत विपरीत गए ठूलो कुठाराघात हुन्छ।
गणतन्त्र स्थापना तथा परिवर्तनका लागि लड्ने वैद्य र विप्लवलाई पनि पटक–पटक एकतामा आउन अग्रह गरेको बताए। नेपालको अर्थतन्त्रको भयानक अवस्थामा रहेको बताउँदै उनले यसलाई उकास्न भ्रष्टाचारको अन्त्य गर्नुपर्ने बताए। उनले भने, देशमा भ्रष्टाचारको जालो ठूलो छ। यसले गर्दा यो सरकारको उद्देश्य पूरा नहुने खतरा छ। त्यसैले अब भ्रष्टाचारको अन्त्य गर्नुपर्छ। त्यसका लागि उत्कृष्ट कर्मचारिलाई सम्मान र भ्रष्टाचार गर्नेलाई दण्ड गर्नुपर्छ।ु उनले राष्ट्रिय मुद्दामा प्रतिपक्षसँग मिलेर अघि बढ्ने बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।