तुलसीपुरमा हुने बिच गेमको तयारी पुरा



सैघाली खबर,
तुलसीपुर २२ फागुन ।

तुलसीपुरमा हुन लागेको बिच गेम प्रतियोगिताको तयारी पुरा भएको आयोजकले जनाएको छ । तुलसीपुर उपमहाननगरपालिकाले पत्रकार सम्मेलन गरी खेलको तयारी पुरा भएको जनाएको छ ।

तुलसीपुर उपमहानगर कार्यपालिका सदस्य तथा खेल संयोजक माईकलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले खेलको तयारी अन्तिम चरणमा पुगेको बताए । भोली २३ गते देखी खेल शुरु गर्न लागिएको प्रमुख पाण्डेले बताए । उनका अनुसार प्रतियोगिताको उद्घाटन पाँच नबर प्रदेशका मुख्य मन्त्री शंकर पोख्रेलले गर्ने छन् ।

उनले पर्यटन प्रवद्र्धन गर्न ५ नम्वर प्रदेशमै पहिलो पटक विच भलिबल खेलको आयोजना गरिएको बताए । २३, २४ र २५ गतेसम्म तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १२ को ववइ नदीमा विच भलिबल हुने उनले बताए । प्रतियोगीतामा १९ वटै वडाका खेलाडीहरु सहभागि हुने छन् ।

विच भलिबलका लागि हरेक समूहमा दुई÷दुई जना खेलाडी रहने छन् । खेलका महिला र पुरुष तर्फ पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः २५ हजार, १५ हजार र १० हजार पुरस्कारको व्यवस्था गरिएको माईकलले बताए । कार्यक्रमको सहजीकरण कार्यपालिका सदस्य दिपक कुमालले गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्