अनुदानमा कृषि औजार वितरण



मौरीघाट(राप्ती उपत्यका दाङ) । नामसालिङ सामुदायिक विकास केन्द्रले कृषि औजार वितरण गरेको छ ।

नामसालिङ सामुदायिक विकास केन्द्रको परियोजना कार्यालय दाङले राप्ती गाउँपालिका दाङका विभिन्न वार्डमा गठित कृषक समूहका सदस्यहरूलाई साना कृषि औजार वितरण गरेको हो ।

समूहमा आबद्ध कृषकहरूको खेतीपाती तथा उत्पादन–उपरान्त मूल्य अभिवृद्धि कालागि सहयोग गर्ने उद्देश्यले सामूहिक तथा व्यक्तिगत रूपमा प्रयोग गर्नका लागी ५ थान मिनी टिलर, ६ थान कुटानी तथा पिसानी मिल र ८ थान मकै सेलर मसिन वितरण गरिएको हो । राप्ती गाउँपालिकासँगको साझेदारी तथा विकास कोष नर्वे को आर्थिक सहयोगमा सञ्चालित एकीकृत सामुदायिक विकास परियोजना मार्फत कृषकहरूलाई ५० प्रतिशत अनुदानमा कृषि औजार वितरण गरिएको हो ।

वितरण गरिएका कृषि औजारहरू कृषकहरू अन्जु खनाल फूलबारी समूह बराखुट्टी, टङ्कनाथ चौधरी लालीगुराँस समूह खुरूरिया, पन्चावति समाल सङ्गिनी समूह भुल्ने, शान्त प्रसाद चौधरी नमुना समूह बस्तापुर, कुसमि विक कोपिला समूह नयाँ बस्ती, रामदुलारी चौधरी नमुना समूह बसन्तापुरलाई ५० प्रतिशत अनुदानमा कृषि औजार प्रदान गरिएको नामसालिङ सामुदायिक विकास केन्द्र का कार्यक्रम संयोजक शशाङ्क आचार्यले जानकारी दिनु भएको छ ।

नामसालिङ सामुदायिक विकास केन्द्रको ५० प्रतिशत अनुदानमा मकै सेलर मसिन पाउने कृषकहरूमा गीता चौधरी, टिपुनी चौधरी, मिना चौधरी, कुल बहादुर बुढा मगर, शिवा चौधरी, विनु चौधरी र शिवा चौधरी रहनु भएको छ ।

नामसालिङ सामुदायिक विकास केन्द्रको ५० प्रतिशत अनुदानमा मिनि टिलर पाउने कृषकहरूमा विक्रम सुनारी मगर, रिखीराम कुमाल, सरिता उचहि, शर्मिला वली र गौरीमाया घर्तीलाई कृषि औजार प्रदान गरिएको नामसालिङ सामुदायिक विकास केन्द्र का कार्यक्रम संयोजक शशाङ्क आचार्यले जानकारी दिनु भएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्