सर्वाेत्कृत प्रदेशका रुपमा विकास गर्छाै ः मुख्यमन्त्री



सैघाली खबर
बुटवल , २२ फागुन । प्रदेश नंं ५ का मुख्यमन्त्री शंकर पोख्रेलले प्रदेश नं. ५ लाई सर्वाेत्कृष्ट नमुनाको प्रदेश बताएका छन । बुटवल उपमहानगरपालिकाको दोस्रो नगरसभालाई सम्वोधन गर्दै

मुख्यमन्त्री पोख्रेलले प्रदेशभित्र ३ वटा महानगरपालिका बनाउने आफ्नो योजना रहेको बताएका छन् ।

उनले बुटवल र भैरहवा जोडेर एउटा, दाङ उपत्यकाका उपमहानगर तथा नगरपालिका समेटेर अर्को र नेपालगञ्ज, कोहलपुर बर्दियासहितको अर्को महानगरपालिका बनाउने योजना बनाएको बताएका हुन् ।

स्थानीय तहलाई नयाँ मापदण्डसहितको मिनि सिंहदरबार बनाउने गरी अगाडि बढ्नुपर्ने मुख्यमन्त्री पोखरेलले बताए । उनले वडा कार्यालयदेखि नगर, उपमहानगर र महानगरसम्मका कामहरुलाई स्मार्ट र आधुनिक बनाउनुपर्नेमा जोड दिए ।

बुटवललाई हरियालीसहितको अनुसन्धान केन्द्र, अध्ययन पार्कहरु र उत्पादनका क्षेत्रसहितको व्यवस्थित महानगरका रुपमा विकास गर्ने उनको भनाइ छ । ‘बुटवललाई मुलुककै आधुनिक र व्यवस्थित शहरका रुपमा छुट्टै पहिचान दिनेगरी विकास गर्नुपर्ने छ’ मुख्यमन्त्री पाखरेलले भने ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्