ओहायोबाट अम्बरको कोसेली ‘म त तिम्रै हुँ’  सार्वजनिक ( भिडियो ) 



काठमाडौँ ।  अमेरिकाको ओहायो राज्यमा बसोबास गर्दै आइरहेका सङ्गीतकार अम्बर तुम्बापो सुब्बाले नयाँ वर्षको कोसेली स्वरूप साङ्गीतिक सौगात ‘म त तिम्रै हुँ’ सार्वजनिक गरेका छन् ।

युवा प्रेम र आकर्षणको भाव बोकेको यस गीतलाई अमेरिकामा नै रहेकी गीतकार रिमा श्रेष्ठले लेखेकी हुन् ।  युगल गायनमा रहेको यस गीतमा  नेपाल आइडल बाट परिचित गायिका मेघा श्रेष्ठ र गायक  केभिन ग्लान तामाङको स्वर सुन्न सकिन्छ ।

भिडियोमा सन्नी सिंह र कुसुम गुरुङ फिचर्ड छन् ।  दीपक राज सुनारले छायाङ्कन गरेको भिडियोलाई भूपेन्द्र अधिकारीले सम्पादन गरेका हुन् ।  विवेक रसाइलीको निर्देशनमा भिडियो तयार पारिएको हो ।  कुशल गुरुङ र तुम्बापो परिवार निर्माता रहेको यस म्युजिक भिडियोलाई सङ्गीतकार सुब्बाको च्यानल ‘अम्बर तुम्बापो सुब्बा अफिसिएल’  मार्फत सार्वजनिक गरिएको हो ।

लामो समयदेखि नेपाली सङ्गीतमा सक्रिय सङ्गीतकार सुब्बा भुटानी नेपाली समुदायमाझ अब्बल सङ्गीतकारका रूपमा चिनिन्छन् ।  उनको सङ्गीतमा उदय सोताङ, सत्य स्वरूपराज आचार्य, राजेश पायल राई, शिव परियार, सन्तोष लामा, कर्म ग्याल्छेन बम्जन, मेलिना राई किरण गजमेर, लगायतका गायक गायिकले स्वर भरेका छन्। उनका  जलेर मुटु, हिँड्दा हिँड्दै, सानीमा सानी, बिर्सी दिन्छु,, डोको नाम्लो, मोहनीमन्तरजस्ता आधुनिक गीत लोकप्रिय छन् ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्