सत्तारुढ र राजपाबीचको बैठक जारी



deuba

असार १, २०७४( सत्तारुढ दल र आन्दोलनरत राष्ट्रिय जनता पार्टीबीच सिंहदरबारमा छलफल बसिरहेको छ । राजपालाई चुनावमा ल्याउने प्रयासस्वरुप प्रधानमन्त्री शेरबहादुर देउवाको पहलमा बैठक बसेको हो ।

बुधबार कांग्रेस, एमाले, माओवादी केन्द्र र राजपाको बैठकमा कुरा नमिलेपछि आज पुनस् नेताहरु छलफलमा जुटेका हुन् । बैठकमा प्रधानमन्त्री देउवा, माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल, राजपा नेताहरु महन्थ ठाकुर, शरतसिंह भण्डारी, महेन्द्रराय यादवलगायत छन् । बैठकमा एमालेका नेताहरु भने सहभागी छैनन् । अध्यक्ष केपी ओली निवासमा स्थायी कमिटी बैठक जारी भएका कारण एमाले नेताहरु बैठकमा सहभागी नभएका हुन् ।

संविधान संशोधन, मधेसमा स्थानीय तहको संख्या वृद्धिलगायत माग पूरा नभएसम्म निर्वाचनमा नआउने राजपाको अडान छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्