धादिङ । पृथ्वी राजमार्गस्थित धादिङको थाक्रे थाक्रे गाउँपालिकामा स्कोर्पियो दुर्घटनाग्रस्त भएको छ ।
स्थानीयका अनुसार मंगलबार बिहान धादिङको थाक्रेस्थित आठ किलो भन्ने स्थानमा उक्त जिप दुर्घटना भएको हो ।
स्कोर्पियो जीप बाटोबाट तल खसी दुर्घटना भएको हो । तनहुँबाट काठमाडौं जाँदै गरेको नं. ३ बाहिनी अड्डाको फौजले स्कोर्पियो दुर्घटना स्थलबाट ४ जनाको उद्धार गरेको थियो ।
दुर्घटनामा परेको जिप सडकबाट तल खोल्सामा खसेको बताइएको छ भने नेपाली सेनाले घटनास्थलबाट चार जनाको उद्धार गरेको छ ।
अहिले घटनास्थलमा स्थानीय, प्रहरी चौकी धार्केसहितको टोलीले उद्धार गरिरहेका छन्।