रोल्पाको होलेरीमा नेकपाको सांगीतिक कार्यक्रम



नेपाल कम्युनिष्ट पार्टीले ३ महिने एकिकृत जनजागरण अभियान अन्तरगत सोमबार रोल्पाको होलेरीमा साँस्कृतिक कार्यक्रम गरेको छ । एकिकृत जनक्रान्तिको अभियान अन्तरगत विभिन्न ठाउँमा कार्यक्रम सञ्चालन गर्दै आएको  नेकपाले रुन्टीगढीको होलेरीमा साँस्कृतिक कार्यक्रम गरेको हो ।

कार्यक्रममा जलजला साँस्कृति परिवारका कलाकारहरुले गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।

कलाकारहरुले सहिदका सपना पुरा गर्न, स्वदेशमै युवाहरुलाई रोजगारी सृजना गर्न, देशमा बढेको विकृति विसंगती हटाउन, विदेशिएका युवाहरुले भोगेको पीडा, महिला अधिकारका भाव समेटिएका गीत र नृत्य प्रस्तुत गरी दर्शकहरुलाई मनोरञ्जन दिएका थिए ।

कार्यक्रममा   सो पार्टीका राप्ती व्युरो सदस्य जागृत, पुस्टमान घर्ती, खेलकुद महासंघका केन्द्रिय सदस्य अर्जुन वली, मगर मुक्ति मोर्चाका केन्द्रिय सदस्य करण घर्ती, नेकपाका रुन्टीगढी गाउँपालिका ईन्चार्ज कर्ण वहादुर घर्ती (बन्धु) लगाएतका नेताहरुले कार्यक्रमलाई संबोधन गरेका थिए ।

कार्यक्रमलाई संवोधन गर्दै   नेताहरुले एकिकृत जनक्रान्तिको बाटोमा कटिबद्ध भएर लागेको स्पष्ट पार्दै भ्रष्टाचारीहरुलाई सामाजिक वहिष्कार र कानुनी कारवाही प्रमुख आवश्यक रहेको बताएका थिए ।

१० बर्षिय जनयुद्दमा सब भन्दा बढी बलिदान  रोल्पा र रोल्पालीको सपना टुट्न नदिने उद्घोष गर्दै उनीहरुले एकिकृत जनक्रान्तिको माध्यमबाट देश परिवर्तन गर्ने बताएका छन ।

साथै उनीहरुले देश सञ्चालन गर्ने पद्धति दलाल भएको जिकिर गर्दै एकिकृत जनजागरण अभियानले नेपालीहरुलाई दलाल सत्ता विरुद्ध आवाज उठाउन मद्यत पुग्ने बताए ।

नेकपाका भरत रोकाको स्वागतबाट सुरु भएको कार्यक्रमको सन्चालन सो पार्टीका रुन्टीगढी गाउँपालिकाका सेक्रेटरी चन्द्र बहादुर बुढाथोकी (सन्देश) ले गरेका थिए । रेखा मगर

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्