टप फिचर

पर्वतको विहादी गाउँपालिका ६ शालिग्राममा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु एक घाइते

By Thaha - Online

January 04, 2022

पर्वतको विहादी गाउँपालिका ६ शालिग्राममा लु ४ त ६८४८ नम्बरको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु  भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा बिहादी गाउँपालिका उरामपोखराका ट्याक्टर चालक वर्ष २८ का मुक्ति अर्याल रहेको प्रहरीले जनाएको छ । त्यस्तै सहचालक १७ वर्षका राजु नेपाली घाइते भएका छन् ।

ट्याक्टर विहादी गाउँपालिकाको वडा नम्बर ६ बहाकीठाँटी देखि बिहादी गाउँपालिकाको बिसुनडाँडा भन्ने स्थानमा जाँदै गर्दा सडकदेखि २० मिटर तल खसेको प्रहरीले जनाएको छ । विहादी गाउँपालिका ५ का स्थानीय पदम भुसालको ट्याक्टर उरामपोखरा ज्यादै गर्दा दुर्घटनामा परेको हो ।